सोमबार, जेठ ७ गते २०८१

भूमिहीन जनतालाई जमिनको मालिक बनाउने सरकारको योजना : मगर

भूमिहीन जनतालाई जमिनको मालिक बनाउने सरकारको योजना : मगर

अखबार दैनिक
शुक्रबार, मंसिर २६ २०७७
  • भूमिहीन जनतालाई जमिनको मालिक बनाउने सरकारको योजना : मगर

    मंसिर २६,

    images

    खानेपानी मन्त्री बिना मगरले कम्यूनिष्ट सरकारले नै भूमिहीन जनतालाई जमिनको मालिक बनाउन योजना अघि सारेको बताएकी छन् । बिहीबार कञ्चनपुरस्थित बेलडाँडी गाँउपालिका प्रशासनिक भवनको उद्घाटन गर्दै मन्त्री मगरले जनतालाई जमिनको मालिक बनाउन सरकारले कार्य अघि बढाएको बताएकी हुन् ।

    मन्त्री मगरले सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिने तयारी गरिरहेको बताइन । ‘हामी कम्यूनिष्टले चुनावका बेला जनतासंग भूमिहीन, सुकुमबासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिलाउँछौँ भनेका थियौं । अब त्यो कार्य कम्यूनिष्ट नेतृत्वको सरकारले पूरा गर्छ ।’

    बर्षौंदेखि जमिन नभएका, भूमिहीन र भूमि भएर पनि स्वामित्व लिन नसकेका जनतालाई कम्यूनिष्ट नेतृत्वको सरकारले जमिनको मालिक बनाउने बताइन । ‘जनता अब जमिनमा मालिक बन्छन्, उनले भनिन, ‘यही सरकारले जनतालाई भूमिको मालिक बनाउँछ ।’

    मन्त्री मगरले त्यसका लागि संघीय सरकारले पहिलो चरणमा देशभरीका सय पालिकासंग सम्झौताको कार्य अघि बढाइरहेको बताउँदै कञ्चनपुरको बेलडाँडी गाँउपालिका सहितका पालिका त्यसमा समाबेश गरिएको बताइन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार