मंगलबार, वैशाख १८ गते २०८१

चीनले भन्यो ‘नेपाल र चीनको मित्रवत सम्बन्ध हिउंजस्तै पवित्र र हिमालजस्तै विशाल छ’

चीनले भन्यो ‘नेपाल र चीनको मित्रवत सम्बन्ध हिउंजस्तै पवित्र र हिमालजस्तै विशाल छ’

अखबार दैनिक
बिहीबार , मंसिर २५ २०७७
  • चीनले भन्यो ‘नेपाल र चीनको मित्रवत सम्बन्ध हिउंजस्तै पवित्र र हिमालजस्तै विशाल छ’

    मंसिर २५,

    images

    चिनियां विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजानले सगरमाथाको नयां उचाइ मानवीयताको नयां उचाइ भएको टिप्पणी गरेका छन् । बेइजिङमा बुधवार आयोजना गरिएको नियमित पत्रकार सम्मेलनमा चिनियां विदेशमन्त्रालयका प्रवक्ता लिजानले सगरमाथाको उचाईको समाचारले नयां आशाको संचार गरेको भन्दै खुसी व्यक्त गरे । उनले मंगलवार घोषणा गरिएको सगरमाथाको नयां उचाइ नेपाल–चीन सम्बन्धको नयां माइलस्टोन भएको प्रतिक्रिया समेत दिए ।

    संसार नै कोरोना भाइरसले अति प्रभावित भइरहेको समयमा सगरमाथाको नयां उचाइको समाचारले आशाको संचार गरेको भन्दै उनले धेरै प्रतिकुलताका बाबजुद दुवै पक्षले विगत एक वर्षमा कठिन काम सम्पन्न गरेको बताए ।

    उनले चिन इकोलोजी र वातावरणको संरक्षणलाई सुदृढ बनाउन र अन्य अनुसन्धानका क्षेत्रमा नेपालसंग सहकार्य गर्न तयार रहेको धारणा राखे । लिजानले यो वर्ष दुवै देशहरुबीच कूटनीतिक सम्बन्धको ६५ औ बार्षिकोत्सव मनाइएको भन्दै दुबै पक्षको संयुक्त प्रयासको साथ, बीआरआई सहयोग निरन्तर रुपमा प्रगति भएको धारणा राखे । नेपाली पक्षले उल्लेख गरेझै नेपाल र चीनको मित्रवत सम्बन्ध हिउंजस्तै पवित्र र हिमालजस्तै विशाल रुपमा विकास हुने अपेक्षा समेत गरेको उनले पत्रकार सम्मेलनमा बताएका छन् ।

    उनले कोभिड–१९ ले अझै पनि विश्वभर भयावह अवस्था सिर्जना गरिरहेको भन्दै अन्य मुलुकहरुले नेपाल र चीनको जस्तै राम्रो विश्वासका साथ सहकार्य गर्ने हो भने भाइरसलाई पराजित गर्न सजिलो हुने विश्वास व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ