बिहीबार , वैशाख २७ गते २०८१

फुडमाण्डुको डाटा ह्याक गर्ने १९ वर्षीय तिवारी पक्राउ

फुडमाण्डुको डाटा ह्याक गर्ने १९ वर्षीय तिवारी पक्राउ

अखबार दैनिक
बुधबार, मंसिर २४ २०७७
  • फुडमाण्डुको डाटा ह्याक गर्ने १९ वर्षीय तिवारी पक्राउ

    मंसिर २४,

    images

    अनलाइनमार्फत खानेकुराहरुको डेलिभरी गर्ने प्लेटफर्म ‘फुडमान्डु’ को डाटा ह्याक गर्ने युवकलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको छ । फुडमान्डुको डाटा ह्याक गरेको आरोपमा नवलपरासी पश्चिम घर भई हाल काठमाडौ महानगरपालिका-२६ रानीबारी बस्ने १९ वर्षीय दिनेश तिवारी पक्राउ परेका ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले जानकारी दिए ।

    ‘अदालतबाट पक्राउ पुर्जी लिएर तिवारीलाई पक्राउ गरेका हौं,’ एसएसपी अर्यालले भने, ‘तिवारीमाथि थप अनुसन्धान भइरहेको छ ।’ फुडमान्डुको वेवसाइटका ग्राहकको व्यक्तिगत विवरण चोरिएको प्रकरणमा साइबर ब्यूराले अनुसन्धान थालेको थियो । फुडमान्डुको वेबसाइटमा साइबर आक्रमण हुँदा ५० हजार ग्राहकको व्यक्तिगत विवरण चारी गरेको कम्पनीले जनाएको छ ।

    साइबर आक्रमण ह्याकरले केबल ग्राहकको व्यक्तिगत विवरण चोरेको थियो । कम्पनकिा अनुसार गतवर्ष भएको साइबर हमलाबाट ह्याकरले ग्राहकहरुको नाम, ठेगाना, इमेल तथा फोन नम्बर जस्ता व्यक्तिगत विवरणहरुमा अनाधिकृत पहुँच बनाएको हो ।

    यसअघि २२ मंसिरमा ब्यूरोले लोकसेवाको सर्भर ह्याक गरेर ९ हजार एसएमएस पठाउने ३ जना पक्राउ गरेर सार्वजनिक गरेको छ । ब्यूरोबाट खटिएको टोलीले पोखराबाट २ जना र ललितपुरबाट १ जनालाई पक्राउ गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ