शुक्रबार, मंसिर ७ गते २०८१

पुन: एकभयो विवेकशील र साझा

पुन: एकभयो विवेकशील र साझा

अखबार दैनिक
बुधबार, मंसिर २४ २०७७
  • पुन: एकभयो विवेकशील र साझा

    मंसिर २४,

    images

    विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरणको घोषणा भएको छ । बुधबार भर्चुअल कार्यक्रम गरेर दुई पार्टी एक भएको घोषणा गरिएको हो ।

    एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ । एकीकृत पार्टीको अध्यक्षमा रवीन्द्र मिश्र रहने छन्, भने मिलन पाण्डे संयोजक रहने छन् । एकीकृत पार्टीको केन्द्रीय समिति दुवैतर्फबाट ६५/६५ जना गरी १३० जनाको हुने जानकारी कार्यक्रम सञ्चालक रञ्जु दर्शनाले दिइन्। उनले एकता महाधिवेशन ६ महिनाभित्र हुने जानकारी दिइन् ।

    विगतमा यी दुई एक एकै रहेको र उनीहरूले विगतमा फुटप्रति माफी पनि मागेका छन् । घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै विवेकशील नेपाली दलका संयोजक पाण्डेले विगतमा पार्टी फुट्नु दुर्घटनाको संज्ञा दिएका छन् ।

    साझा पार्टीका प्रमुख रवीन्द्र मिश्र र विवेकशील नेपालीका तर्फबाट मिलन पाण्डेले एकीकरण प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार