बिहीबार , असोज ३ गते २०८१

कोभिड खोप विश्वव्यापी सार्वजनिक वस्तुका रुपमा सबै लागि सर्वसुलभ र पहुँचयोग्य हुनुपर्दछ : प्रधानमन्त्री ओली

कोभिड खोप विश्वव्यापी सार्वजनिक वस्तुका रुपमा सबै लागि सर्वसुलभ र पहुँचयोग्य हुनुपर्दछ : प्रधानमन्त्री ओली

अखबार दैनिक
शुक्रबार, मंसिर १९ २०७७
  • कोभिड खोप विश्वव्यापी सार्वजनिक वस्तुका रुपमा सबै लागि सर्वसुलभ र पहुँचयोग्य हुनुपर्दछ : प्रधानमन्त्री ओली

    मंसिर १९,

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमणको माहामारीले विश्व नै प्रभावित भइरहेको अवस्थामा कोभिड-१९ का खोपहरु वास्तवमै विश्वव्यापी सार्वजनिक वस्तुका रुपमा सबै राष्ट्र तथा मानिसका लागि सर्वसुलभ र पहुँचयोग्य हुनुपर्ने बताएका छन् ।

    कोभिड-१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले अहिले विश्वमा सबैको पहुँचमा भ्याक्सिन पुर्याउन कोभाक्सले गरिरहेको पहल पहलकदमीको सराहना गरेका छन् ।

    ‘कोभिड–१९ महामारी सम्बोधन गर्न संयुक्त राष्ट्र संघीय महासभाको ३१ औँ विशेष अधिवेशन लाई भचुयल माध्यमबाट गरेको सम्बोधनका क्रममा उनले खोपको विश्वव्यापी पहुँच सुनिश्चित नभएसम्म संसार महामारीबाट सुरक्षित नहुने बताए । उनले सम्पूर्ण मानवजगत संकटमा रहेको अवस्थामा जीवन–रक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्न नहुने समेत बताए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ