बुधबार, जेठ ९ गते २०८१

चीन र नेपालको सम्बन्धले तेस्रो पक्षलाई असर गर्दैन : चीन

चीन र नेपालको सम्बन्धले तेस्रो पक्षलाई असर गर्दैन : चीन

अखबार दैनिक
बिहीबार , मंसिर १८ २०७७
  • चीन र नेपालको सम्बन्धले तेस्रो पक्षलाई असर गर्दैन : चीन

    मंसिर १८,

    images

    चीनले नेपाल चीन सम्बन्धले तेस्रो पक्षलाई कुनै असर नगर्ने बताएको छ । चिनियाँ विदेश मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता होउ चिनयुङले चीन र नेपालको सम्बन्धले कुनैपनि तेस्रो पक्षलाई असर नगर्ने बताएकी हुन् ।

    ‘चीन र नेपालको मित्रवत सम्बन्ध चिनियाँ र नेपाली जनताका लागि फाइदाजनक छ । हाम्रो सम्बन्धले कुनै पनि तेस्रो पक्षलाई असर गर्ने छैन्’चिनयुङले भनिन् ।

    उनले नेपाल र चीन हिमाल र नदिले जोडिएका दुई मित्रवत छिमेकी मुलुक भएको बताउँदै चीन नेपालसँग सहकार्य गर्न तयार रहेको बताइन् । उनले भनिन्, ‘चीन नेपालसँग सबै क्षेत्रमा सहकार्य सुदृढ बनाउन काम गर्न, बीआरआईमा गुणात्मक सहकार्य गर्न र सम्बन्धलाई नयाँ तहमा पुर्‍याउन काम गर्न तयार छ ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार