सोमबार, भदौ ३१ गते २०८१

नेपालमा सबैभन्दा बढी आयकर तिर्ने ब्यक्ति बने विजय कुमार शाह

नेपालमा सबैभन्दा बढी आयकर तिर्ने ब्यक्ति बने विजय कुमार शाह

अखबार दैनिक
मंगलबार, मंसिर १६ २०७७
  • नेपालमा सबैभन्दा बढी आयकर तिर्ने ब्यक्ति बने विजय कुमार शाह

    मंसिर १६,

    images

    आन्तरिक राजस्व विभागले नवौं राष्ट्रिय कर दिवसको अवसरमा उत्कृष्ट १५ करदाताको नाम सार्वजनिक गरेको छ ।

    यस बर्ष व्यक्तिगत आयकरतर्फ सबै भन्दा बढी आयकर तिरेवापत व्यवसायी विजय कुमार शाह सम्मानित हुने भएका छन । यसअघि लगातार चार वर्ष सम्म सबै भन्दा धेरै कर सिदार्थ शमशेर राणाले तिर्दै आएका थिए । यो पटक भने शाह सबैभन्दा धेरै कर तिर्ने व्यक्तिको रुपमा सम्मानित हुने भएका हुन् । शाह जाउलाखेल ग्रुप अफ कम्पनीका मालिक छन् ।

    व्यक्तिगत आयकरतर्फ राणा पछि परेपनि उनी उपाध्यक्ष रहेको सूर्य नेपाल यसपटक पनि सबैभन्दा बढी कर तीर्ने करदाताबाट सम्मानित हुने भएको छ । पछिल्लो ११ वर्षमा मूल्य अभिवृद्धि कर विवरण समयमा पेश गर्ने र समयमै कर चुक्ता गर्ने तथा सबै भन्दा धेरै मूल्य अभिवृद्धि कर तिर्ने कम्पनीमध्येबाट घोराही सिमेन्ट उद्योग सम्मानित हुने भएको छ ।

    उक्त सिमेन्ट उद्योग गत बर्ष पनि सोही विधामा सम्मानित भएको थियो । सबैभन्दा बढी आयकर तिर्ने कम्पनीमा निर्यातकर्तातर्फ डाबर नेपाल, उद्योगतर्फ हिमाल पावर र कृषि एवम् पशुपन्छी उद्योगतर्फ अन्पूर्ण एग्रो सम्मानित भएको छ । डाबर नेपाल र अन्पूर्णले गत बर्ष पनि सेही विधा बाटै सम्मानित हुने भएको छन् ।

    यस्तै बैंक तथा वित्तीय संस्थातर्फ नविल बैंक, बीमा व्यवसायतर्फ नेपाल पूनर्वीमा कम्पनी, सहकारी संस्थातर्फ छिमेक लघुवित्त कम्पनी, स्वास्थ्य तथा शिक्षा सेवातर्फ मणिपाल मेडिकल कलेज, व्यापार व्यवसायतर्फ अग्नी इनकर्पोरेट प्राली, रेमिट्यान्सतर्फ आइएमई लिमिटेड र पर्यटनतर्फ तारागाउँ रिजेन्सी (हायात होटल) सम्मानीत हुने भएको छन् ।

    मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्रभीत्र पर्ने सबै भन्दा धेरै आयकर तीर्ने करदातामा कामना सेवा विकास बैंक परेको छ । आइतबार सार्वजनिक भएका उत्कृष्ट करदाताहरुलाई विशेष समारोहबीच सम्मान गरिने पनि विभागले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ