बिहीबार , असोज ३ गते २०८१

सरकारी प्रयोगशालामै घट्यो कोरोना परीक्षण

सरकारी प्रयोगशालामै घट्यो कोरोना परीक्षण

अखबार दैनिक
आइतबार, मंसिर १४ २०७७
  • सरकारी प्रयोगशालामै घट्यो कोरोना परीक्षण

    मंसिर १४,

    images

    पछिल्लो साता कोरोना भाइरसको परीक्षण ह्वात्तै घटेको छ । सरकारी प्रयोगशालाहरूमा क्षमताअनुसार परीक्षण नहुँदा परीक्षण संख्या घटेको हो । अहिले ४४ सरकारी र ३३ निजी गरी ७७ वटा प्रयोगशालामा परीक्षण भइरहेको छ । निजीको तुलनामा सरकारी प्रयोगशालामा निकै कम परीक्षण भइरहेको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको दैनिक १५ सय जनाको परीक्षण क्षमता भए पनि औसत दुई सय जनाको मात्र परीक्षण भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार प्रयोगशालामा शनिबार २ सय ७० र शुक्रबार १ सय २४ जनाको परीक्षण भएको छ ।

    जनशक्ति र पूर्वाधारका हिसाबले देशकै ठूलो प्रयोगशाला भएर पनि सरकारले टेकु प्रयोगशालामा परीक्षण बढाउन सकेको छैन । अन्य सरकारी प्रयोगशालाको हालत यस्तै छ । चितवनस्थित भरतपुर अस्पतालमा रहेको प्रयोगशालामा भने गत दुई दिनदेखि परीक्षण नै भएको छैन । यसरी सरकारी प्रयोगशाला सक्रिय नहुँदा यसको लाभ भने निजी प्रयोगशालाले लिइरहेका छन् । शनिबारमात्र निजी प्रयोगशाला अल्फा हेअल्थ केयरले एक हजार ४४२ जना र स्टार अस्पतालले ५७१ जनाको नमूना परीक्षण गरेका छन् ।

    शनिबार कुल ९ हजार ३६८ जनाको परीक्षण गरिएमध्ये ४ हजार ९५४ जनाको निजी प्रयोगशालामा परीक्षण भएको छ । पछिल्लो एक सातामा निजी प्रयोगशालामा ३४ हजार ९८२ जनाको परीक्षण हुँदा सरकारी प्रयोगशालामा ३२ हजार ८०३ जनाको परीक्षण भएको छ । सरकारले दैनिक २६ हजार जनाको परीक्षण गर्न सक्ने दाबी गर्दै आए पनि परीक्षण भने घट्दै गएको छ । एक सातायता मात्र दैनिक औसत साढे ९ हजार जनाको मात्र परीक्षण भएको छ । त्यसमा पनि बढी परीक्षण निजी प्रयोगशालामा भएको छ ।

    गत कात्तिक पहिलो साता सरकारले सशुल्क परीक्षण गर्ने निर्णय गरेपछि परीक्षण घटेको थियो । तर पछि उक्त निर्णयलाई उल्ट्याउँदै लक्षण भएकाको नि:शुल्क परीक्षण गर्ने भने पनि परीक्षण बढ्न सकेको छैन । यसमा प्रमुख कारण कन्ट्याक्ट ट्रेसिङ नहुनुलाई औंल्याइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्रवक्ता डा. राजेशकुमार गुप्ताले अहिले कन्ट्याक्ट ट्रेसिङबाट निकै कम स्याम्पल आएकाले परीक्षण घटेको बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ