शनिबार, कात्तिक २८ गते २०८३

‘नेपाली डायस्पोराका समस्या समाधान सरकारको प्राथमिकतामा छन्’

‘नेपाली डायस्पोराका समस्या समाधान सरकारको प्राथमिकतामा छन्’

अखबार दैनिक
शुक्रबार, कात्तिक २७ २०८३
  • ‘नेपाली डायस्पोराका समस्या समाधान सरकारको प्राथमिकतामा छन्’

    काठमाडौँ, २७ कात्तिकः परराष्ट्रमन्त्री शिशिर खनालले तुर्किएलगायत विदेशमा बसोबास तथा कार्यरत नेपाली समुदायका समस्या र सरोकारलाई सम्बोधन गर्नु सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।    
        
    जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा सहभागी हुने क्रममा टर्किएको अन्ताल्यामा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसिसी) तुर्किएका अध्यक्ष विनोद पौडेलसँग भएको भेटवार्ता तथा छलफलका क्रममा परराष्ट्रमन्त्री खनालले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।    
        
    एनआरएनए एनसिसी तुर्किएका अध्यक्ष पौडेलले परराष्ट्रमन्त्री खनालसमक्ष विभिन्न विषय समेटिएको ज्ञापनपत्र बुझाउनुभएको थियो । ज्ञापनपत्र ग्रहण गर्दै परराष्ट्रमन्त्रीले विदेशमा रहेका नेपाली समुदायका समस्या तथा गुनासालाई समयमै सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको मन्त्री खनालको निजी सचिवालयले जनाएको छ ।    
        
    उहाँले नेपाली नागरिकलाई प्रभावकारी र सहज कन्सुलर सेवा उपलब्ध गराउने, उनीहरूका गुनासा समयमै सुनुवाइ गर्ने तथा विदेशमा रहेका नेपालीको सुरक्षा र हित संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो ।    
        
    यसैगरी, कोप–३१ मा नेपाली प्रतिनिधिमण्डलको सहभागिताका क्रममा आवश्यक समन्वय र सहजीकरण गरेकामा इस्लामावाद, कायरोस्थित नेपाली नियोग तथा एनआरएनए एनसिसी तुर्किएको टोलीलाई परराष्ट्रमन्त्री खनालले धन्यवाद व्यक्त गर्नुभएको थियो । (रासस)   

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ