बिहीबार , असोज ३ गते २०८१

कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या १५ लाख नजिक

कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या १५ लाख नजिक

संक्रमितको संख्या ६ करोड नजिक पुगेको छ

images
अखबार दैनिक
मंगलबार, मंसिर ९ २०७७
  • कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या १५ लाख नजिक

    मंसिर ९,

    images

    विश्वभर कोरोना भाइरस (कोभिड–१९)का कारण मृत्यु हुनेको संख्या १५ लाख नजिक पुगेको छ । संक्रमितको संख्या भने ५ करोड ९५ लाख पुगेको छ । वर्ल्डोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर ५ करोड ९५ लाख १४ हजार हजार ८०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    गत वर्षको डिसेम्बर अन्तिममा चीनको वुहानबाट फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १४ लाख २ हजार २८ जनाले ज्यान गुमाएका छन्अ भने ४ करोड ११ लाख ५५ हजार ५५६ जना कोरोना मुक्त भएका छन् ।

    कोरोना महामारीबाट सबै भन्दा बढी प्रभावित देश अमेरिका हो । अमेरिकामा हालसम्म २ लाख ६३ हजार ६८७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितको संख्या १ करोड २७ लाख ७७ हजार १९४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ १ लाख ६५ हजार ७७७ जना भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १ हजार ९२२ जनाले ज्यान गुमाएका छन् ।

    भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३४ हजार २५१ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ४७८ जनाले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा ३७ हजार ३२९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ९१ लाख ७७ हजार ६४१ पुगेको हो ।

    यस्तै तेस्रो बढी सैक्रमित देश ब्राजिलमा संक्रमितको संख्या ६० लाख ८८ हजार ४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३४४ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ६९ हजार ५४१ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ