बिहीबार , असोज ३ गते २०८१

काठमाडौँ उपत्यकामा मात्रै १ लाख कोरोना सङ्क्रमित

काठमाडौँ उपत्यकामा मात्रै १ लाख कोरोना सङ्क्रमित

अखबार दैनिक
आइतबार, मंसिर ७ २०७७
  • काठमाडौँ उपत्यकामा मात्रै १ लाख कोरोना सङ्क्रमित

    मंसिर ७,

    images

    उपत्यकामा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको छ । शनिवार उपत्यकामा ८ सय ९९ जना कोरोना सङ्क्रमित थपिएसँगै उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या १ लाख १ हजार ७ सय ७१ पुगेको हो ।

    शनिवार देशभर १ हजार ६ सय ७४ जना नयाँ सङ्क्रमित थपिएका थिए । उपत्यकाका तीन जिल्लामा मात्रै ८९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि उपत्यकामा सङ्क्रमितको सङ्ख्या १ लाख नाघेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

    शनिवारको विवरण अनुसार २४ घण्टामा ८ हजार १४४ जनाको पीसीआर परीक्षण गरिएकोमा १६७४ जनाको पोजेटिभ रिपोर्ट आएको हो । मन्त्रालयका अनुसार शनिवारसम्म काठमाडौँमा दश हजार १०१, ललितपुरमा दुई हजार ११४ तथा भक्तपुरमा ७६९ जनामा कोभिड–१९ सक्रिय सङ्क्रमण रहेको छ । देशैभरि हालसम्म दुई लाख १८ हजार ६३९ जना सङ्क्रमित पहिचान गरिएका छन् ।

    उपत्यकामा कोरोना सङ्क्रमण दर दिनप्रतिदिन बढी रहेको अवस्थामा गत साता बसेको सीसीएमसी र उपत्यका मेयर फोरमको संयुक्त बैठकमा उपत्यकाका मेयरहरूले कडा लकडाउनको माग राखेका थिए । सरकारका तर्फबाट गृहमन्त्री राम बहादुर थापाले पनि विधि पुर्‍याएर लकडाउन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ