शनिबार, वैशाख ७ गते २०८२

पछिल्लो २४ घण्टामा ५०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ५०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

अखबार दैनिक
मंगलबार, मंसिर २ २०७७
  • पछिल्लो २४ घण्टामा ५०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    २ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा ५०२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

    images

    देशभरका प्रयोगशालामा ३ हजार ११२ नमुना परीक्षण गर्दा २०४ महिला र २९८ पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरुमध्ये ३३९ जना काठमाडौं उपत्यकाका छन् ।

    यससँगै कुल संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । उनीहरुमध्ये १२४७ जनाको मृत्यु भएको छ भने १ लाख ७९ हजार २४२ जना संक्रमणमुक्त भएका छन् ।

    हाल देशभर ३० हजार ९८६ सक्रिय संक्रमित छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ