१ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा ९ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो ।
कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २३० पुगेको छ
सोही अवधीमा १ हजार १९७ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा २ हजार ९३४ संक्रमित निको भएका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १० हजार ९७३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३३ हजार ३७९ रहेको छ ।
हालसम्म संक्रमित मध्ये १ लाख ७६ हजार ३६४ निको भइसकेका मन्त्रालयले जनाएको छ ।