बिहीबार , वैशाख २७ गते २०८१

कर नबुझाउनेमा अभिनेत्री झरना थापा, राजश्व विभागले सार्वजनिक गर्यो नाम

कर नबुझाउनेमा अभिनेत्री झरना थापा, राजश्व विभागले सार्वजनिक गर्यो नाम

अखबार दैनिक
मंगलबार, कात्तिक २५ २०७७
  • कर नबुझाउनेमा अभिनेत्री झरना थापा, राजश्व विभागले सार्वजनिक गर्यो नाम

    कात्तिक २५,

    images

    चलचित्र अभिनेत्री झरना थापाले सरकारलाई कर नबुझाएको पाइएको छ । आन्तरिक राजश्व विभागले सार्वजनिक गरेको कर नबुझाउनेको सूचीमा अभिनेत्री थापाको सुहानी फिल्मस्को पनि नाम परेको छ ।

    सुहानी फिल्मस्ले बुझाउने पर्ने मूल्य अभिवृत्ति कर (भ्याट) नबुझाएको पाइएको हो । लामो समयदेखि कर नबुझाउने २९ हजारभन्दा बढी उद्यमी, व्यवसायीको नाम सार्वजनिक गर्दा अभिनेत्रीको सुहानी फिल्मस् पनि परेको हो । लाजिम्पाट ३ काठमाडौं कार्यालय रहेको सुहानी फिल्मस् प्रा.लिले २०५८ सालदेखि यता सरकारलाई कर तिरेको सूचीमा उल्लेख गरिएको छ । नेपाली चलचित्र क्षेत्रबाट कर नबुझाउनेहरुमा अरु कलाकार तथा चलचित्रकर्मीहरुको नाम पनि रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ