शुक्रबार, असोज ४ गते २०८१

पछिल्लो २४ घण्टामा थप २९०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २९०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

अखबार दैनिक
शुक्रबार, कात्तिक २१ २०७७
  • पछिल्लो २४ घण्टामा थप २९०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    २१ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९०९ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१५३ जनाको पीसीआर परीक्षण हुँदा १७७६ पुरुष र ११३३ जना महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । पछिल्लो २४ घण्टामा ४५ सय जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १३३८ संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौं जिल्लामा १०३०, भक्तपुरमा १२१ र ललितपुरमा १८७ जना रहेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ