शनिबार, जेठ ५ गते २०८१

“यी तीन खेलाडी मेस्सी र रोनाल्डोको स्तरमा पुग्न सक्छन”

“यी तीन खेलाडी मेस्सी र रोनाल्डोको स्तरमा पुग्न सक्छन”

अखबार दैनिक
शुक्रबार, कात्तिक २१ २०७७
  • “यी तीन खेलाडी मेस्सी र रोनाल्डोको स्तरमा पुग्न सक्छन”

    कात्तिक २१,

    images

    मेस्सी र रोनाल्डोको स्तरमा पुग्न सक्छन भनेर डिमिटार बार्बाटोभले तीन खेलाडीका नाम लिएका थिए । नेमार, काइलियन एम्बाप्पे र मेसन ग्रीनवुड भविष्यमा क्रिस्टियानो रोनाल्डो र मेस्सीको अनुकरण गर्न सक्ने खेलाडीहरूको रूप रहेको उनले बताएका हुन् ।

    रोनाल्डो र मेस्सीको जोडी बीच ११ वटा बलोन डि ‘ओरको साझेदारी रहेको छ र व्यापक रूपमा दुई खेलाडीहरूलाई धेरैले ईतिहासकै सबैभन्दा उत्कृष्ट खेलाडी भनेर मानिन्छन् तर दुबै हाल ३० भन्दा माथिको उमेरमा छन् र उनीहरू आफ्नो क्यारियरको अन्त्य तिर जादै छन् । र दुई स्टार पछि नेमार, काइलियन एम्बाप्पे र मेसन ग्रीनवुड जस्तो खेलाडी मेस्सी र रोनाल्डोको स्तरमा पुग्न सक्ने उनको दाबी गरेका छ ।

    “कसैले पनि भन्न सक्दैन कि क्रिस्टियानो इटालीमा उत्कृष्ट भएको छैनन् भनेर , विशेष गरी उनको उमेरलाई ध्यानमा राख्दै। उनि हाल ३५ वर्षको हुन् । “उनले आफ्नो धेरै राम्रोसँग हेरविचार गर्छन, त्यस उमेरमा तपाईले राम्रो आकारमा रहन कडा परिश्रम गर्नु पर्छ । मेस्सी र रोनाल्डो, हामीले ति खेलाडीहरुलाई खजानाको रुप हेर्नुपर्छ किनभने जब यी खेलाडीहरु रिटायर हुन्छन एउटा युगको अन्त्य हुनेछ ।

    “रोनाल्डोले आफ्नो क्यारियर समाप्त गरेपछि यो विश्व फुटबलको सबैभन्दा दुःखद दिनहरू मध्ये एक हुने छ उहाँलाई मन नपराउनेहरूले पनि उहाँको कदर गर्नेछन् । दिन आउनेछ, तर आशा छ केहि समयको लागि होईन । जब यी खेलाडीहरुको क्यारियर समाप्त हुन्छ, अन्य खेलाडीहरु आउँनेछन्, पेले र माराडोनाको पनि अन्ततः प्रतिस्थापित भयो- जीवन एक सर्कल हो ।

    “हामीसँग नेमार, एम्बाप्पे, ग्रीनवुड, र अन्य युवा खेलाडीहरू छन् जुन रोनाल्डो र मेस्सीको उचाइमा पुग्न सक्ने आशा मलाई छ। “

    प्रतिक्रिया दिनुहोस

    थप समाचार