बिहीबार , असोज ३ गते २०८१

इटहरीमा आमाको दूध सर्केर अढाई महिनाको बच्चा ठहरै

इटहरीमा आमाको दूध सर्केर अढाई महिनाको बच्चा ठहरै

अखबार दैनिक
बुधबार, कात्तिक १९ २०७७
  • इटहरीमा आमाको दूध सर्केर अढाई महिनाको बच्चा ठहरै

    कात्तिक १९,

    images

    इटहरीमा आमाको दूध सर्केर अढाई महिनाको बच्चाको मृत्यु भएको छ । इटहरी १४ घर भएका ती बच्चालाई केही दिन अघि निमोनिया भएको थियो । बच्चाकी आमाले दूध खुवाउँदा निल्न नसकेपछि उपचारलागि इटहरी अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो । उनलाई डाक्टरले परीक्षण गर्दा श्वासप्रश्वास र मुटुको कार्य रोकिएको थियो । अस्पताल ल्याए पनि बच्चाको बाटैमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

    अस्पतालका इमरजेन्सी शाखा प्रमुख रामकुमार धमलाका अनुसार केही दिन अगाडी देखि निमोनिया भएको थियो ।बच्चाको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि दूध पनि निल्न नसक्ने अवस्थामा दूध सर्किएको रहेछ । तर दूध सर्केको भनिए पनि बच्चालाई गम्भीर प्रकारको निमोनियाले श्वासप्रश्वास (कार्डियो पल्मोनरी एरेष्ट) रोकी मृत्यु भएको अनुमान गर्न सकिने बताए । समयमा होसियारी अपनाउन नसक्दा, बेलैमा उपचार नपाएका कारण बच्चाको मृत्यु भएको बताए । धमलाले बच्चालाई दूध खुवाएको कम्तीमा पनि आधा घण्टा आमा सगैं बस्नु पर्ने बताउँछन् । केही बच्चाले दूध खाए लगत्तै बान्ता गर्ने तथा सुतेको बेला असहज हुने भएकाले तत्काल छोड्न नहुने उनको भनाई छ । बच्चालाई दूध खुवाइसकेपछि काँधमा राखेर ढाडमा बिस्तारै ढ्याप ढ्याप गरे सर्कने सम्भावना कम हुन्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ