बिहीबार , असोज ३ गते २०८१

काठमाडौं जिल्लामा मात्रै ६० हजार बढी कोरोना संक्रमीत

काठमाडौं जिल्लामा मात्रै ६० हजार बढी कोरोना संक्रमीत

अखबार दैनिक
शनिबार, कात्तिक १५ २०७७
  • काठमाडौं जिल्लामा मात्रै ६० हजार बढी कोरोना संक्रमीत

    कात्तिक १५,

    images

    कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या काठमाडौं जिल्लामा मात्रै साढे ६० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको शुक्रबार दिउँसोसम्मको तथ्यांकअनुसार काठमाडौं जिल्लामा मात्रै कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ६० हजार ७४२ पुगेको हो । जसमध्ये २१२ जनाको मृत्यु भइसकेको छ । यस्तै कूल संक्रमितमध्ये ४४ हजार २८८ जना निको भइसकेका भए पनि अझै १९ हजार ७ सय ५२ जना भाइरसबाट मुक्त भइसकेका छैनन् । उनीहरूको उपचार जारी रहेको मन्त्रालयले जनाएको छ । यसैगरी भक्तपुरमा काेराेनाबाट संक्रमित हुनेकाे कूल संख्या ५ हजार ६५० पुगेको छ । जसमध्ये ६३ जनाकाे मृत्यु भइसकेकाे छ । संक्रमितमध्ये ४ हजार ४ सय २२ जना निकाे भइसकेका छन् भने १ हजार १ सय ६५ जना अझै भाइरसयुक्त नै छन् ।

    यसैगरी ललितपुरमा संक्रमितको कूल संख्या ८ हजार ५ सय ९९ पुगेकाे छ। जसमध्ये ५८ जनाकाे मृत्यु भइसकेकाे छ । जम्मा संक्रमितमध्ये ६ हजार १९६ जना निकाे भइसकेका भए पनि २ हजार ३ सय ४५ जना अझै भाइरसबाट मुक्त हुन सकेका छैनन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ