मंगलबार, जेठ ८ गते २०८१

जम्मु-कश्मिरमा हरेक भारतिय नागरिकले जमिन किन्न पाउने

जम्मु-कश्मिरमा हरेक भारतिय नागरिकले जमिन किन्न पाउने

अखबार दैनिक
बुधबार, कात्तिक १२ २०७७
  • जम्मु-कश्मिरमा हरेक भारतिय नागरिकले जमिन किन्न पाउने

    कार्तिक १२,

    images

    भारतको केन्द्रीय सरकारले राज्यका विभिन्न २६ वटा कानुन खारेज तथा संशोधन गरेर जम्मु तथा कश्मिर राज्यमा राज्य बाहिरका मानिसले पनि जग्गा किन्न पाउने भएका छन् । यसअघि जम्मु र कश्मिरका नागरिकलाई मात्र घरजग्गा किन्ने अनुमति थियो ।

    गत वर्ष भारतको केन्द्रीय सरकारले संविधानको धारा ३७० अन्तरगत राज्यको विशेष शक्ति खारेज गर्दै जम्मु-कश्मिरलाई जम्मु र कश्मिर गरी दुई राज्यमा विभाजन गरेको थियो। यसले सरकारलाई कयौं कानुन परिवर्तन गर्ने बाटो खोलिदिएको थियो ।

    भारत सरकारले राजपत्रमा सूचना निकाल्दै केन्द्र शासित राज्यमा भूमिसँग सम्बन्धित जम्मु-कश्मिर विकास अधिनियमको धारा १७ बाट 'राज्यका स्थायी निवासी' भन्ने वाक्याशं हटाउँदै सबै भारतीय नागरिकलाई जमिन किन्ने बाटो खुला गरिदिएको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार