बिहीबार , मंसिर ६ गते २०८१

काठमाडौंमा मात्रै संक्रमितको संख्या ५५ हजार नाघ्यो

काठमाडौंमा मात्रै संक्रमितको संख्या ५५ हजार नाघ्यो

अखबार दैनिक
शनिबार, कात्तिक ८ २०७७
  • काठमाडौंमा मात्रै संक्रमितको संख्या ५५  हजार नाघ्यो

    कात्तिक ८,

    images

    काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा थप २७२० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमा १०९२ महिला र १६२८ पुरुष रहेका छन् । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभर भने ४४९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै बितको २४ घण्टामा १६ हजार ८६३ जनाको पीसीआर परीक्षण भएको थियो भने यससँगै हालसम्म कुल पीसीआर परीक्षण १३ लाख ६७ हजार १६ जना पुगेको छ । जसमा १ लाख ५३ हजार ८ जनामा पोजेटिभ देखिएकोमा शुक्रबार थप २६६८ जना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या १ लाख ५ हजार ४८८ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ६९१ रहेको छ भने मृतकको संख्या ८२९ पुगेको छ ।

    मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार काठमाडौंमा मात्रै कोरोना संक्रमितको संख्या झण्डै ५५ हजार नाघेको छ । मन्त्रालयको तथ्यांकमा उल्लेख छ, ‘जम्मा संक्रमित ५४ हजार २४५, निको हुनेको संख्य ३३ हजार ८६३ र मृतकको संख्या १८६ ।’यस्तै हालसम्म काठमाडौंमा २० हजार १९६ जना सक्रिय संक्रमित रहेका छन् । यसैगरी भक्तपुरमा कुल संक्रमितको संख्या ५ हजार ४८ रहेको छ भने निको हुनेको संख्या ३ हजार ६२९ र मृतकको संख्या ५४ रहेको छ । यस्तै हाल १३ सय ६५ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै ललितपुरमा संक्रमितको संख्या हालसम्म ७ हजार ५६०, निको हुनेको संख्या ४ हजार ९३३ र मृतकको संख्या ५३ रहेको छ । यस्तै सक्रिय संक्रमितको संख्या २ हजार ५७४ रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ