आइतबार, जेठ ६ गते २०८१

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन

अखबार दैनिक
बुधबार, कात्तिक ५ २०७७
  • राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा रानीपोखरी र दरबार हाइस्कुलको उद्घाटन

    कात्तिक ५,

    images

    राष्ट्रपति विद्यादेवी भण्डारीले विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार आज मध्यान्ह १२ राष्ट्रपति भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी हुन्। मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण नेपाल सरकारले गरेको हो ।

    यसैबीच उनले दरबार हाइस्कुलको उद्घाटन गरेकी छन् । दरबार हाइस्कुलको पुनर्निर्माण छिमेकी चीनको सहयोगमा भएको हो । विसं. २०७२ वैशाख १२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त सम्पदा र ऐतिहासिक स्थलहरुको पुनर्निर्माणमा यो एक महत्वपूर्ण काम मानिएको छ ।

     

    122265225_2046719732124761_9062664589127852617_n.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार