आइतबार, जेठ ६ गते २०८१

काँग्रेसका सम्पूर्ण सांसद्‍ले दशैं भत्ता फिर्ता गर्ने

काँग्रेसका सम्पूर्ण सांसद्‍ले दशैं भत्ता फिर्ता गर्ने

अखबार दैनिक
सोमबार, कात्तिक ३ २०७७
  • काँग्रेसका सम्पूर्ण सांसद्‍ले दशैं भत्ता फिर्ता गर्ने

    कात्तिक ३,

    images

    प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्ना सांसदले पाएको दसैं भत्ता फिर्ता गर्ने भएको छ । पार्टीका शीर्ष नेताको टेलिफोन संवादपछि सांसदहरु दसैं भत्ता फिर्ता गर्ने निष्कर्षमा पुगेको काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले अखबारदैनिकलाई जानकारी दिए ।

    त्यसका लागि संसदीय दलले केही समयमै दसैं भत्ता फिर्ता गर्ने औपचारिक निर्णयसहितको विज्ञप्ति निकाल्ने बताए । खाणले संसदीय दलका नेतासमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले सांसदको दसैंभत्ता फिर्ताका लागि निर्देशन पनि दिएको बताए ।

    दसैंभत्ता फिर्ताका लागि संघीय संसद् सचिवालयलाई पत्र पठाउने तयारी भइरहेको खाणले रातोपाटीलाई जानकारी दिए । दसैं भत्ताको चौतर्फी विरोध भएपछि प्रमुख सचेतक खाण, सांसदहरु प्रकाशमान सिंह र गगन थापाले दसैंभत्ता फिर्ताको घोषणा गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार