सोमबार, भदौ ३१ गते २०८१

‘मार्सी’ बियर ल्याउँदै मेडिकल व्यवसायी दुर्गा प्रसाईं

‘मार्सी’ बियर ल्याउँदै मेडिकल व्यवसायी दुर्गा प्रसाईं

चार अर्बमा किने टाइगर ब्रुअरीको बियर फ्याक्ट्री

images
अखबार दैनिक
आइतबार, कात्तिक २ २०७७
  • ‘मार्सी’ बियर ल्याउँदै मेडिकल व्यवसायी दुर्गा प्रसाईं

    marshi.png1602998767.png

    images

    कार्तिक २,

    कुनै समय नेकपा एमाले र माओवादीबीच पार्टी एकताका क्रममा झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाललाई ठिमीस्थित घरमै मार्सी चामलको भात खुवाएपछि ‘मार्सी’को खुबै चर्चा भयो । 

    दुई पार्टी एकता क्रममा वार्ता गर्ने सिलसिलामा ओली र दाहाल प्रसाईंको घरमा पुगेका थिए। चरेशको थालमा मार्सी चामलको भात खाएको फोटो प्रसाईंकै चालकले सार्वजनिक गरेका थिए ।

    उनै प्रसाईं भने अहिले मार्सी चामल नै मिसाएर ‘मार्सी’ बियर नेपाली बजारमा ल्याउन खोजिरहेका छन्। उनले भैरहवाको टाइगर ब्रुअरीको बियर फ्याक्ट्री करिब चार अर्बमा किनेका छन् । 

    टाइगर ब्रुअरीले टेन्सबर्ग बियर बजारमा ल्याउँदै आएको थियो। प्रसाईंले टेन्सबर्गसँगै मार्सी बियर पनि बजारमा ल्याउन लागेका छन् । 

    ‘मेरो कम्पनीले दुई वटा बियर मार्सी प्रिमियम र मार्सी स्ट्रोङ ल्याउँदैछ,’ प्रसाईंले भने, ‘अन्तिम तयारी छ, बजारमा चाँडै आउँदैछन् दुई खाले बियर ।’

    उनले आफ्नो कम्पनीको प्रोडक्ट पनि सार्वजनिक गरेका छन् । हरियो बोत्तलमा मार्सी प्रिमियम र पहेंलो बोत्तलमा मार्सी स्ट्रोङ बियर छन्। साथसाथै क्यान बियर पनि ल्याइने प्रसाईंले बताए । 

    ‘स्वदेशी उत्पादन स्वदेशमै खपत गर्ने उद्देश्य मेरो हो,’ उनले भने । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ