१ कात्तिक, पोखरा । गण्डकी प्रदेशमा थप ४६ जनामा कोरोना भाइरस (कोभिड- १९) पोजिटिभ देखिएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा गण्डकीमा थप ४६ जनामा कोरोना पोजिटिभ देखिएको हो ।
संक्रमण पुष्टि हुनेमा कास्कीका ३०, गोरखाका नौ, नवलपरासी पूर्वका पाँच र तनहुँका दुई जना रहेका छन् । गोरखा- ८ का ४२ बर्षीय पुरुष नेपाल आर्मी र वडा नम्बर ७ का २९, ३६ र २५ बर्षीय पुरुष नेपाल प्रहरीमा कार्यरत छन् ।
योसहित गण्डकीमा संक्रमितको संख्या ५ हजार ५ सय ४७ पुगेको छ । संक्रमित सबैलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको गण्डकी स्वास्थ्य निर्देशनालयले वताएको छ ।