सोमबार, जेठ ७ गते २०८१

निर्मला हत्या प्रकरण अब चाँडै टुङ्गिन्छ: आईजीपी शैलेश थापा क्षेत्री

निर्मला हत्या प्रकरण अब चाँडै टुङ्गिन्छ: आईजीपी शैलेश थापा क्षेत्री

अखबार दैनिक
शुक्रबार, असोज ३० २०७७
  • निर्मला हत्या प्रकरण अब चाँडै टुङ्गिन्छ: आईजीपी शैलेश थापा क्षेत्री

    असोज ३०,

    images

    नेपाल प्रहरीका हालका आईजीपी शैलेश थापा क्षेत्रीले चर्चित निर्मला हत्या प्रकरणका बारेमा सकेसम्म चाँडै टुंग्याउने प्रयासमा लागेको बताउँछन् ।

    उनले भने, "यसको दायित्व र निर्वाह गर्नुपर्ने भूमिका मातहतका निकायमा रहेर मैले गरेका भूमिकाभन्दा नितान्त फरक र डाइनामिक रहेर काम गरिरहेको छु । तर, अनुसन्धान कुनै समय सीमाभित्र आवद्ध भएर गर्न सकिने विषय होइन । हामी अनुसन्धान अधिकृतहरु कहिलेकाहीँ बसेर सल्लाह पनि के गर्छौं भने अनुसन्धान कहिलेकाहीँ शून्य र कहिलेकाहीँ भोलि सतप्रतिशतमा पनि पुग्ने सम्भावना हुँदो रहेछ । त्यसकारण म कुनै अनुमान गर्न सक्दिनँ । यो कुनै अनुमानयोग्य विषयचाहिँ होइन । तर, केचाहिँ भन्छु भने यसमा हामी गम्भीर भएर लागिपरेका छौं । अनुसन्धानमा पोख्त ठानिएका मेरा प्रहरी अधिकृतहरु यसमा लागेका छन् । र, यो नेपाल प्रहरीको सबैभन्दा चासोको विषय पनि हो । किनभने, यो घटनाले जुन किसिमले हामीलाई क्षति पुर्‍याएकाे छ, त्यसलाई भर्पाइ गर्ने काम प्रहरीकै हो । प्रहरीले नै यसलाई क्र्याक गर्‍यो भने हामीले विगतमा गरेको गल्तीलाई सच्यायौं भन्ने मानिनेछ र हामीलाई लाग्ने ठूलो लाञ्छना आरोपबाट हामी बच्छौं । त्यसकारणले यो प्राथमिकताको अनुसन्धान हो र यसलाई समय सीमामा नरही सकेसम्म चाँडै टुंग्याउने प्रयासमा छौं ।"

    प्रतिक्रिया दिनुहोस

    थप समाचार