बिहीबार , असोज ३ गते २०८१

डेढ वर्षको छोरोसहित आमा नदीमा हाम फालिन्

डेढ वर्षको छोरोसहित आमा नदीमा हाम फालिन्

अखबार दैनिक
शुक्रबार, असोज ३० २०७७
  • डेढ वर्षको छोरोसहित आमा नदीमा हाम फालिन्

    असोज ३०,

    images

    चितवनकी एक महिला मादक पदार्थ सेवन गरी डेढ वर्षको छोरोसहित राप्ती नदीमा हाम फालेकी छन् । छोरोको मृत्यु भएको छ भने आमालाई प्रहरीले सकुशल उद्धार गरेको छ । भरतपुर महानगरपालिका २२ पटिहानी बोटे टोलकी ३५ वर्षीया हेमन्ती बोटे बिहीबार राप्ती नदीमा छोरोसहित हाम फालेकी थिइन् ।

    इलाका प्रहरी कार्यालय गितानगरको टोलीले खोजी गर्दा हेमन्तीलाई हामफालेको स्थान नजिकैबाट सकुशल उद्धार गरेको हो । उनको डेढ वर्षको छोरो भने करिब २ किलोमिटर तल मेजरघाटमा मृत फेला परेको चितवन प्रहरीले जनाएको छ । हेमन्ती बोटेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले नदीमा हामफाल्नुको कारण खुलेको छैन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ