शनिबार, वैशाख २९ गते २०८१

नवनियुक्त तीन मन्त्रीको शपथ आज

नवनियुक्त तीन मन्त्रीको शपथ आज

अखबार दैनिक
बिहीबार , असोज २९ २०७७
  • नवनियुक्त तीन मन्त्रीको शपथ आज

    अशोज २९,

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त्त गरेका तीन मन्त्रीहरुको शपथ आज (बिहीवार) हुँदैछ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नयाँ मन्त्रिहरुको नियुक्ति र जिम्मेवारी हेरफेर गरेकी थिइन ।

    नयाँ जिम्मेवारी पाएका मन्त्रीहरुको शपथ कार्यक्रम अहिले बिहान साढे ११ बजेका लागि तय भएकाे छ । नयाँ मन्त्रिपरिषदमा अर्थ मन्त्रालयमा विष्णुप्रसाद पौडेल रहेका छन् ।

    यस्तै रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीसँग राखेर उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राखिएको छ ।

    यस्तै सञ्चार मन्त्रालयको जिम्मेवारी पार्वत गुरुङलाई दिएर पार्वत गुरुङले सम्हाल्दै आएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी लीलानाथ श्रेष्ठलाई दिएको छ । सहरी विकासमा भने कृष्णगाेपाल श्रेष्ठलाई नियुक्त गरिएकाे छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ