सोमबार, जेठ ७ गते २०८१

चाडपर्व लक्षित बजार अनुगमन

चाडपर्व लक्षित बजार अनुगमन

अखबार दैनिक
मंगलबार, असोज २७ २०७७
  • चाडपर्व लक्षित बजार अनुगमन

    तारा चापागाईं
    असोज २५ गते । जिल्ला प्रशासन कार्यालय कास्कीको संयोजकत्वमा दशैँ नजिकिँदै गर्दा विभिन्न उपभोग्य वस्तुहरुको अनुगमन गरिएको छ । चाडवाडको समयमा मूल्यवृद्धिको गुनासो आएपछि अनुगमनलाइ तीव्रता दिएको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यलय पोखराका प्रमुख गोकुल शर्मा पौडेलले जानकारी दिनुभयो ।
    उहाँले यतिबेला दाल चामल, चिनी तेलको मूल्यवृद्धि नभै घट्दो क्रममा रहेको बताउनुभयो । “खाद्यान्नको मूल्य घट्दो छ, कोही ठगिएको वा शंका लागेको छ भने खरिद मूल्यसूची हेर्ने अधिकार पनि छ । समान खरिद गर्दा बिल लिने गरेमा अनियमितता कम हुने उहाँको भनाइ छ ।
    पछिल्लो समय बजारमा घिउको नाममा विभिन्न नक्कली लेवल लगाएर शुद्ध गाइको घिउ भनी विक्री गरेको पाइएकाले यसबाट सचेत रहन सबैलाई अनुरोध गर्नुभयो । पौडेलले आफ्नै फर्मको भन्दै मिसावट गरी विभिन्न ठाँउबाट दुध विक्री वितरण गरेको जानकारी आइरहेको बताउँदै यस्ता अनियमितता गर्ने जोकोही छिटो कारवाहीको दायरामा ल्याइने बताउनुभयो ।
    जिल्ला प्रशासन कार्यलय सहायक प्रमुख गुरुदत्त ढकालले बजारमा हुने कालो बजारी र अनियमिततालाइ रोक्न अनुगमन आवश्यक रहेको बताउनुभयो ।
    पोखरा –९ स्थित नयाँ बजारमा रहेको मोहित टे«डर्स र पोखरा –६ स्थित लेकसाइडमा सुलभ डिर्पाटमेन्टल स्र्टोसको अनुगमन गरेको जानकारी दिनुभयो । अनुगमनका क्रममा खरिद विक्री मूल्यमा अस्वाभाविक भेटिएको र म्याद गुर्जिएका समानहरुलाई अव्यवस्थित तवरले राखिएको पाइएको जानकारी दिनुभयो । प्रशासनले उपभोक्तका गुनासोलाई ध्यानमा राखेर अनियमितता नियन्त्रणका लागि अनुगमन गरेको उहाँको भनाइ छ ।
    उपभोक्ता संघ गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले चाडपर्वलक्षित गरिएको खाद्यवस्तु अनुमगनमा प्याकेजिङ उद्योगले बढी एमआरपि मूल्य राखेको पाइएको जानकारी दिनुभयो । “१५० को घिउलाई ३५० एमआरपि राखेको भेटियो, भिक्टोरिया जीरामा पनि त्यस्तै अत्याधिक मूल्य छ, यो प्याकेजिङ उद्योगको लार्पवाही हो, उपभोक्ता ठगीमा कारवाही गर्नेछौं । 

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ