गत २४ घण्टामा कोभिड १९ संक्रमणका कारण नौ जनाको मृत्यु भएको छ । यो संख्या सँगै नेपालमा संक्रमणका कारण निधन हुनेको कुल संख्या ६४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । मृत्यु हुनेहरुमध्ये काठमाडौं उपत्यकाका चार जना रहेका छन् । काठमाडौंका एक महिला र दुई पुरुष तथा ललितपुरका एक पुरुष गरी सो संख्या पुगेको हो । यस्तै सुनसरीका तीन पुरुष, चितवनका एक महिला र रुपन्देहीका एक पुरुष संक्रमितहरुको पनि मृत्यु भएको हो
