आइतबार, जेठ ६ गते २०८१

चितवनमा कोरोनाबाट वडाध्यक्षको मृत्यु

चितवनमा कोरोनाबाट वडाध्यक्षको मृत्यु

अखबार दैनिक
आइतबार, असोज २५ २०७७
  • चितवनमा कोरोनाबाट वडाध्यक्षको मृत्यु

    आश्विन २५,

    images

    चितवन स्थित भरतपुर महानगरपालिका – २० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनी गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट सो पदमा निर्वाचित भएका थिए । उनकोे भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ क्लिनिकका संयोजक डा प्रमोद पौडेलले जानकारी दिए ।

    असोज १४ गते पिसीआर परीक्षण गरिएकोमा दुई दिनपछि कोरोना पुष्टि भएको थियो । उनलाई मधुमेह, उच्च रक्तचापको समस्या रहेको संयोजक डा पौडेलले बताए । अस्पताल भर्ना गर्दा अक्सिजनको मात्रा ४० मा झरेपछि उनलाई उपचार कक्षमा राखेर उपचार गरिएको थियो । अवस्था जटिल बन्दै गएपछि भ्यान्टिलेटरमा राखेर उपचारका क्रममा उनको मृत्यु भएको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार