बुधबार, वैशाख २६ गते २०८१

प्रदेश ५ को स्थायी राजधानी भालुवाङ राख्ने प्रस्ताव दुई तिहाईले पारीत

प्रदेश ५ को स्थायी राजधानी भालुवाङ राख्ने प्रस्ताव दुई तिहाईले पारीत

अखबार दैनिक
मंगलबार, असोज २० २०७७
  • प्रदेश ५ को स्थायी राजधानी भालुवाङ राख्ने प्रस्ताव दुई तिहाईले पारीत

    २० असोज, काठमाडौं । प्रदेश ५ को स्थायी राजधानी भालुवाङमा राख्ने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाईले पास भएको छ ।

    images

    मंगलबार भएको मतदानमा प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो ।

    प्रस्तावको विपक्षमा १३ परेको छ ।

    प्रदेश सरकारले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँभीको शीतगंागा नगरपालिकालाई जाडेर स्थायी राजधानी बनाउने प्रस्ताव १६ असोजमा प्रदेशसभामा पेश गरेको थियो ।

    त्यसको विरोधमा उधिएको प्रमुख विपक्षी कांग्रेसका सांसदहरुले सोमबार प्रदेशसभामा तोडफोड समेत गरेका थिए । कांग्रेसले विपक्षमा मतदान गर्न हृवीप लगाएको थियो ।

    तर मंगलबार भएको मतदानमा कांग्रेसकै सांसदहरुले पार्टीको हृपीव विपरित फ्लोर क्रस गरेका छन् । किनकी कांग्रेसका १९ सांसद छन् तर विपक्षमा १३ भोट मात्र खसेको छ ।

    प्रदेशसभामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ६१ सांसद छन्, उनीहरुमध्ये सभामुख पूर्णबहादुर घर्तीले मतदान गरेनन् । जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार