बिहीबार , असोज ३ गते २०८१

भीरकोटमा फोहोर मैला व्यवस्थान केन्द्र, फोहोरमा मोहोर खोज्दै भीरकोट नगरपालिका

भीरकोटमा फोहोर मैला व्यवस्थान केन्द्र, फोहोरमा मोहोर खोज्दै भीरकोट नगरपालिका

अखबार दैनिक
मंगलबार, असोज २० २०७७
  • भीरकोटमा फोहोर मैला व्यवस्थान केन्द्र, फोहोरमा मोहोर खोज्दै भीरकोट नगरपालिका

     

    images


    पोखरा
    स्याङ्जाको भिरकोट नगरपालिकामा फोहोर मैला व्यवस्थान केन्द्रको शिलान्यास गरिएको छ । फोहोर मैला व्यवस्थान केन्द्रको सोमबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गर्नुभएको हो । शिलान्यास गर्दै मन्त्री लम्सालले भीरकोट नगरपालिकाले फोहोर मैला व्यवस्थापन गर्ने कामको शुरुवात गरी सकरात्मक कामको थालनी गरेको बताउनुभयो । फोहरमैला मानव स्वास्थ्यको लागि मात्र हानीकारक नभई वातावरणकै र विश्व व्रह्माण्डकै लागि हानीकारक वस्तु भएकाले यसको व्यवस्थापनमा ध्यान दिन जरुरत रहेको बताउनुभयो ।
    “फोहोरलाई प्रशोधन गरी पुनः प्रयोग गर्न सकिन्छ मन्त्री लम्सालले भन्नुभयो,”त्यतातिर पनि हामी लाग्नुपर्छ, घरबाट निस्कने फोहोरलाई व्यवस्थापन गर्न सकियो भने पनि राम्रो आम्दानी गर्न सकिन्छ,” । प्लाष्टिक,शिशा,कपडाजन्य फोहोरलाई पुनः प्रयोग गर्न सकिने हुदाँ यस्ता किसिमका फोहोर वस्तु विक्रीवितरण गरी आम्दानी गर्न सकिने बताउनुभयो । यसरी गर्ने हो भने फोहोरको स्रोतमा नै व्यवस्थापन गर्न सकिने मन्त्री लम्सालको भनाई थियो ।
    प्रदेश सभा सदस्य दीपक चर्ती मगरले ठाउँको सभ्यता र सुन्दरता फोहोर मैलाले जनाउने हुदाँ सफा सुग्घर बनाउन तर्फ सबै नागरिक लाग्नुपर्नेमा जोड दिनुभयो ।
    नगर प्रमुख छायाराम खनालले नगरपालिका क्षेत्र भित्रको फोहोरमैलालाई स्रोतमा न्यूनीकरण,पुनः प्रयोग, प्रशोधन तथा विर्सजन गरी फोहोरमैलाको प्रभावकारी व्यवस्थापन गर्न तथा फोहोर बाट वातावरणमा पर्ने सक्ने प्रतिकुल असरलाई कम गरी स्वच्छ तथा स्वास्थ वातावरण कायम राख्न नगरपालिकाले फोहोरमैला व्यवस्थापन निति लिएर आगाडी बढेको बताउनुभयो ।
    फोहोरमैला व्यवस्थापनको लागि नगरपालिकाले आर्थीक बर्ष २०७५÷०७६ मा ३९ लाख, ०७६÷०७७ मा २० लाख रकम बिनियोजन गरेको थियो । नगरपालिकाले वडा नं. ४ मा फोहोर मैला व्यवस्थापन केन्द्र स्थापना गर्न २४ रोपनी ९ आना १ पैसा बराबरको जग्ग खरिद गरेको छ । फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्न नेपाल सरकार राष्ट्रिय योजना आयोग बाट ३ करोड रकम बहुबर्षे योजनाको लागि बिनियोजन भएको छ । फोहोर बाट मोहोर कमाउने नगरपालिकाको योजना रहेको छ ।
    नगरपालिकाले निर्माणाधिन फोहोरमैला व्यवस्थापन केन्द्र सँगै पार्क,कम्पाउण्ड र शौचालय निर्माण गरेको छ ।  नगरभित्रको फोहोरमैला व्यवस्थापन गर्न नगरपालिकाले एक जना ड्रईभर, एक जना सुपरभाईजर सहित ५ जना कर्मचारी परिचालन गरेको छ । नगरपालिकाले प्लाष्टिकजन्य फोहोर तथा शिशा र कपडाजन्य फोहोरलाई पुनः प्रयोगमा ल्याई विक्रीवितरण गर्ने योजना समेत बनाएको छ । नगरपालिकाले चालुआर्थीक बर्षको हाल सम्म प्लाष्टिक,कपडा तथा शिशाजन्य फोहोर बाट रु. १ लाख ४३ हजार बराबर आम्दानी गर्न सफल भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ