बुधबार, वैशाख २६ गते २०८१

भालुवाङ प्रदेश राजधानी हुनुमै समग्र प्रदेशको भलाई : मुख्यमन्त्री पोखरेल

भालुवाङ प्रदेश राजधानी हुनुमै समग्र प्रदेशको भलाई : मुख्यमन्त्री पोखरेल

अखबार दैनिक
मंगलबार, असोज २० २०७७
  • भालुवाङ  प्रदेश राजधानी हुनुमै समग्र प्रदेशको भलाई  : मुख्यमन्त्री पोखरेल

    बुटवल, २० असोज

    images

    प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशभरका वासिन्दाको मनोविज्ञानलाई प्रतिनिधित्व गर्ने ठाउँमा राजधानी राख्न प्रस्ताव गरेको बताएका छन् । उनले यो भन्नुको तात्पर्य के बुझिन्छ भने भालुवाङ प्रदेश राजधानी हुनुमा नै समग्र प्रदेश को भलाई छ ।

    प्रदेशसभा बैठकमा मंगलबार सांसदहको जवाफ दिँदै उनले भने, 'राप्ती उपत्यका देउखुरी क्षेत्रले कुनै एउटा भेगको मात्र प्रतिनिधित्व गर्दैन । यो ठाउँले दुईवटा आञ्चलिक (राप्ती र लुम्बिनी) मनोविज्ञानलाई जोड्ने काम गर्छ, साविकको भेरी अञ्चलको बाँके र बर्दियाको मनोविज्ञानलाई पनि जोड्ने काम गर्छ ।’

    प्रस्तावित राजधानीमा साविकको लुम्बिनी अञ्चलको अर्घाखाँची जिल्ला पनि समावेश भएको भन्दै पोखरेलले लुम्बिनी क्षेत्रकाले दुख मान्नुनपर्ने कुरा प्रकाश पारे । यससँगै कुनै एउटा क्षेत्रको विकासमा केन्द्रित भएर समग्र प्रदेशको समृद्धि परिकल्पना गर्न नसकिने भन्दै उनले प्रदेशभित्रका १२ वटै जिल्लाको जनताको समृद्धिको चाहनाको प्रतिनिधित्व गर्ने ठाउँमा राजधानी तोकिएको कुरा पनि राखे ।

    उनले बुटवल क्षेत्रलाई प्रदेशको वित्तीय राजधानीको रुपमा विकास गर्ने प्रतिवद्धता जनाए । प्रदेश राजधानी भालुवाङ तोके पनि त्यहाँ संरचना नबन्दासम्म बुटवलमा नै रहने बताए । ‘जबसम्म बनिसक्दैन तबसम्म हामी यहीँ हो बस्ने हो, निर्णय गर्नेवित्तिकै सर्ने हो भन्ने कुरा सत्य होइन’ मुख्यमन्त्रीले सम्बोधन कै क्रममा भने ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार