बुधबार, वैशाख २६ गते २०८१

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेद्वारा शहरी विकास मन्त्रीको प्रस्ताव अस्विकार

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेद्वारा शहरी विकास मन्त्रीको प्रस्ताव अस्विकार

अखबार दैनिक
मंगलबार, असोज २० २०७७
  • पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेद्वारा शहरी विकास मन्त्रीको प्रस्ताव अस्विकार

    असोज २०,

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेको अवस्थामा नेता सुरेन्द्र पाण्डेलाई शहरी विकास मन्त्रालयको प्रस्ताव राखेका छन् । पूर्वअर्थमन्त्री पाण्डेले भने शहरी विकासमा नजाने बताएका छन् । मैले प्रधानमन्त्रीलाई अर्थबाहेक अरु मन्त्रालयमा जान्न भनेको छु पाण्डेले अखबारदैनिकसँग भने ।

    मन्त्रिपरिषदमा अहिले शहरी विकास, सञ्चार र अर्थ मन्त्रालय खाली छन् । पूर्वअर्थमन्त्री भएकोले पनि आफुसँग अर्थमन्त्रालय चलाएको अनुभव यथेष्ट भएको उनले जानकारी गराए । त्यसैले पनि उनले अब शहरी विकासमा नजाने अडान लिएका छन् ।

    तर प्रधानमन्त्री ओलीले अर्थ मन्त्रालयमा पार्टी महासचिव विष्णु पौडेललाई लैजान चाहेको भन्ने सुनिएको छ ।

    यसबारे थप छलफल दिउँसो चार बजे बोलाइएको सचिवालय बैठकमा हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार