बुधबार, वैशाख २६ गते २०८१

प्रदेश राजधनी विवादले कांग्रेसलाई अप्रत्यक्ष फाईदा

प्रदेश राजधनी विवादले कांग्रेसलाई अप्रत्यक्ष फाईदा

अखबार दैनिक
मंगलबार, असोज २० २०७७
  • प्रदेश राजधनी विवादले कांग्रेसलाई अप्रत्यक्ष फाईदा

    २० असोज,

    images

    प्रदेश राजधनीको विषयलाई लिएर जुन हिसाबले तनाबपूर्ण स्थिती सिर्जना भएको छ त्यसको फाईदा अन्ततोगत्वा नेपाली कांग्रेसलाई नै हुने देखिन्छ । लामो समयदेखि प्रमुख प्रतिपक्ष रहेर पनि आफनो भुमिका निभाउन पटकपटक असक्षम भएको बेला प्रदेश राजधानीको विवादले काङ्ग्रेसलाई आफ्नो सक्रियता प्रमारिकरण गर्ने अवसर मिलेको हो ।

    काङ्ग्रेसको पहलकदमिले बुटवललाई नै स्थायी राजधानी फर्काउन सक्ला नसक्ला त्यो गौण कुरो हो तर जुन हिसाबले काङ्ग्रेस खरो उत्रिएको छ यसले अप्रत्यक्ष फाईदा कांग्रेसलाई नै मिल्ने स्पष्ट छ । काङ्ग्रेसको यो सक्रियताले काङ्ग्रेस बुटवल वासिको जनभावनाप्रती संवेदनशील छ भन्ने देखाउन सक्षम भएको हो कि भन्ने अडकल लगाउने अवस्था सिर्जना भएको देखिन्छ ।

    तर नेकपामा भने यो निर्णयले थप संकट निम्त्याएको छ । नेकपाको लागि रुपन्देही लोकप्रिय चुनावी गन्तव्य हो । यहि क्षेत्रको मतले केन्द्रिय राजनितीमा पनि निर्णायक भुमिका खेल्ने गरेको छ । तर राजधानी विवादले रुपन्देहीबाट नेकपाको मतमा गिरावट आउन सक्ने र लोकप्रियतामा ह्रास आउने आँकलन विभिन्न राजनितीक विश्लेषकहरुले गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार