बुधबार, वैशाख २६ गते २०८१

प्रदेश सभा बैठकमा कांग्रेसको अभद्र व्यबहार

प्रदेश सभा बैठकमा कांग्रेसको अभद्र व्यबहार

अखबार दैनिक
सोमबार, असोज १९ २०७७
  • प्रदेश सभा बैठकमा कांग्रेसको अभद्र व्यबहार

    लुम्बिनी प्रदेशको प्रदेशसभामा विपक्षी दल नेपाली कांग्रेसले सोमबार बसेको दोस्रो बैठकमा पनि नाराबाजीसहितको अभद्र व्यबाहार प्रदर्शन गरेका छन् । सभामुखले बैठक सुरू गर्नेबित्तिकै कांग्रेसका सांसद रोष्टम घेर्न पुगे । सरकारले लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा तोक्ने प्रस्ताव फिर्ता लिनुपर्ने कांग्रेसले माग राखेको हो ।

    images

    कांग्रेसको विरोधबीच सभामुखले प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव छलफलका लागि पेश गर्न आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई बोल्न दिएका थिए । मन्त्री रोष्टममा जाँदै गर्दा कांग्रेस सांसदले छेकेर हस्तक्षेप गरेका थिए । नेपाली कांग्रेसको अनुसार नेकपाले दुई तिहाइको दम्भ देखाएको आरोप छ ।

    सभामुखले समय दिएपछि मन्त्रीले प्रदेशको राजधानी र प्रदेशको नामबारे प्रस्ताव छलफलका लागि पेश गरे लगत्तै विपक्षी सांसदहरूले बोल्ने माइक तोडफोड गरे भने टेबुल पनि भुइँमा ढलाइदिएका थिए । विपक्षी सांसदहरूले यती मात्र गरेनन संसदको कुर्सी उचालेर टेबुल तोडफोड गर्दै नाराबाजी सहितको अभद्र व्यबाहार पनि प्रदर्शन गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार