शनिबार, वैशाख १५ गते २०८१

राजधानी सारेकोमा काङ्ग्रेसको आपत्ति

राजधानी सारेकोमा काङ्ग्रेसको आपत्ति

अखबार दैनिक
सोमबार, असोज १९ २०७७
  • राजधानी सारेकोमा काङ्ग्रेसको आपत्ति

    १९ असोज,

    images

    प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रदेश ५ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । विपक्षी दलका नेता वीरेन्द्रकुमार कनौडियाले राजधानी बुटवलबाट दाङ सार्नुको औचित्य पुष्टि गर्न मुख्यमन्त्रीलाई आग्रह गरे । संसदमा नेपाली काग्रेससँगै फोरम सांसदहरुले पनि नाराबाजी गरेका थिए । लगतै सांसदहरुले रोष्टम घेराउ गरेका छन् ।

    कांग्रेसले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको लहैलहैमा लागेर दाङको भालुवाङलाई प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव ल्याएको गम्भिर आरो लगाएको छ । प्रदेश राजधानी जहाँ भएपनि त्यसको औचित्य पुष्टि गर्नुपर्ने उनै संसदीय दलका नेता वीरेन्द्र कनौडियाले संसदमा बताए ।

    उनले सर्वसमतिबाट जारी गर्न सक्ने अवस्था रहँदारहँदै दुई तिहाईको देखाउने काम भएको आरोप लगाए । नेपाली कांग्रेसको अनुसार नेकपाले दुई तिहाइको दम्भ देखाएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार