शनिबार, वैशाख १५ गते २०८१

थापाथलीस्थित प्रसुती गृहमा कर्मचारी र सप्लायर्सकाे मिलेमतोमा ११ लाख घाेटला

थापाथलीस्थित प्रसुती गृहमा कर्मचारी र सप्लायर्सकाे मिलेमतोमा ११ लाख घाेटला

अखबार दैनिक
सोमबार, असोज १९ २०७७
  • थापाथलीस्थित प्रसुती गृहमा कर्मचारी र सप्लायर्सकाे मिलेमतोमा ११ लाख घाेटला

    काठमाडौँ, १८ असाेज । थापाथलीस्थित पराेपकार प्रसुती तथा स्त्रीरोग अस्पतालका प्रशासन कर्मचारी तथा सप्लायर्सकाे मिलेमतोमा करिब ११ लाखको घाेटला भएको समाचार गण्डकी टाइम्सलाई प्राप्त भएको छ । उक्त अस्पतालले दुई सय बेड आइसोलेसनको लागि सर्जिकल लगायत बिशेष खरिद प्रक्रिया अन्तर्गत खरिद गर्न लागेको सर्जिकल सामानमा घाेटला भएको हो ।

    images

    टेन्डर प्रक्रिया अनुसार सबैभन्दा कम मुल्यमा टेन्डर हाल्ने फर्मबाट सामान खरिद गर्नुपर्ने भएपनि सबैभन्दा बढि मुल्य हाल्ने फर्मलाई खरिदको आसयपत्र दिएपछि याे कुरा बाहिरिएको हाे।

    गण्डकी टाइम्सलाई प्राप्त सुचना र तथ्य अनुसार याे टेन्डर प्रक्रियामा सबैभन्दा कम रकम वाेलकवाेल गर्ने बसुन्धाराकाे डिबिटि इन्टरप्राइजेज थियो। उसले सर्जिकल सामाग्रीकाे जम्मा भ्याट सहित ७१ लाख ९६ हजार नौ सय सत्तरी रुपैयाँ हालेको थियो भने आसयपत्र पाउने त्रिपुरेश्वरकाे मेडिएड कन्सर्न प्रालीले ८३ लाख ४७ हजार ३ सय १० रुपैयाँ हाेलेकाे थियो ।

    कसरी भयो सेटिङ ?
    जानकार श्रोतका अनुसार मेडिएड कन्सर्नका मालिक भरत सिलवाल हुन् । उनी प्रशुती गृहको फार्मेसीमा दसौं बर्ष कर्मचारीकाे हिसाबमा काम गरेका ब्यक्ति हुन् । दसौं बर्ष काम गर्ने सिलसिलामा उनले अस्पतालका तल्लो देखि माथिल्लो लेबलका कर्मचारीलाई राम्रोसंग चिन्ने अवसर पाए । सबैलाई चिनिसके पछि त्यहीका केही कर्मचारीले उनलाई टेण्डर सप्लाईकाे काममा लाग्न सुझाएका थिए। अरुवाट कमिसन लिन भन्दा सिलवालसंग कमिसन लिन सजिलो हुने र कमिसनको कुरा बाहिर नजाने बुझेर अस्पतालका धेरै नाफा हुने टेण्डर भरतलाई दिने गरिएको बुझिएको छ।

    समाचार श्रोतका अनुसार याे सर्जिकलकाे टेण्डरमा सबैभन्दा कम मुल्य हाल्ने डिबिटि इन्टर प्राइजेज र टेण्डर पाउने मेडिएडबिचकाे फरक मुल्य भनेको करिब ११ लाख हाे। मेडिएडलाई टेण्डर दिएपछि त्याे दुईबिचकाे फरक रकम ११ लाख त्यहाँका कर्मचारीले साेझै एडभान्स अनुरुप पाउँछन् भने अरु १० प्रतिशत कमिशन सप्लाई सकिने बेलामा पाउँछन्। यसको सबै चाजाेपाजाे मेडिएडका मालिक भरत सिलवाल र प्रशुतिका उप-हस्पिटल प्रशाषक रानु थापाले मिलाउछन् ।

    हेर्नुस् आसयपत्र :

    Capture.JPG

    प्रतिक्रिया दिनुहोस

    थप समाचार