शुक्रबार, वैशाख २१ गते २०८१

प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ

प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ

अखबार दैनिक
शुक्रबार, असोज १६ २०७७
  • प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको  भालुवाङ

    १६ असोज, बुटवल । प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव प्रदेशसभामा पेश भएको छ ।

    images

    प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले सरकारी प्रस्ताव पेश गरेका हुन् ।

     

    दाङको राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले चर्चिएको राप्ती नदी किनारको राप्ती उपत्यका–देउखुरीलाई स्थायी बनाउने प्रस्ताव छ । यस्तै प्रदेशको नाम लुम्बिनी राख्ने उनको प्रस्ताव छ ।

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शीर्ष नेतृत्वबीच सहमति भए लगतै प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश राजधानी र नामबारे प्रस्ताव पास गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार