बिहीबार , असोज ३ गते २०८१

बस्तीभित्र विमोचनः गण्डकी प्रदेश कला,साहित्य र इतिहासमा सम्पन्नशाली छ ः मन्त्री लम्साल

बस्तीभित्र विमोचनः गण्डकी प्रदेश कला,साहित्य र इतिहासमा सम्पन्नशाली छ ः मन्त्री लम्साल

अखबार दैनिक
शुक्रबार, असोज १६ २०७७
  • बस्तीभित्र विमोचनः गण्डकी प्रदेश कला,साहित्य र इतिहासमा सम्पन्नशाली छ ः मन्त्री लम्साल



    पोखरा
    नियात्रा सङ्गालो बस्तीभित्र नामक पुस्तक विमोचन गरिएको छ ।
    पर्वतको जलजला गाँउपालिका वडा नं. ६ शालिजा ओख्रेनीबासी पत्रकार,लेखक,चित्रकार तथा कलाकार तिलक प्रसाद पुन पुर्जाले लेख्नुभएको बस्तीभित्र नामक पुस्तकको शुक्रबार गण्डकी 
    प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले गर्नुभएको हो ।  विमोचन गर्दै मन्त्री लम्सालले यस पुस्तकमा लेखकले नेपाली समाज र नेपालीपनलाई पुस्तकका माध्यमले स्पर्श गरेको चर्चा गर्दै  उक्त कृतिको सफलताको शुभकामना व्यक्त गर्नुभयो । गण्डकी प्रदेश कला, साहित्य र इतिहासमा सम्पन्नशाली रहेको बताउदै यहाँ वैदिककालदेखि नै साहित्यिक चहलपहल बढ्दै आएको चर्चा गर्नुभयो ।“यहाँ भाषाको विकास, संगीतको उन्नति पनि बेलैमा भएको हो, मन्त्री लम्सालले भन्नुभयो,” समग्र वाङमयको उत्थानमा यो प्रदेशको महत्वपूर्ण भूमिका रहँदै आएको छ । देशलाई समृद्ध बनाउन भाषा, कला र साहित्यको विकास गर्न पछिल्लो पुस्ता  क्रियाशिल रहनुपर्नेमा जोड दिनुभयो ।

    images

        लेखक तिलक प्रसाद पुन पुर्जाले आफ्नो यात्राको नालीबेली लिएर पुस्तकको माध्ययम बाट सबैलाई डुलाउने प्रयास गरेको बताउनुभयो । ३४ वटा यात्रा अनुभवलाई बिटो बाँधेर बस्तीभित्र नामक पुस्तक तयार पारेको उहाँको भनाई थियो । जीवन आँफैमा एउटा यात्रा हो जीवन, जीउने क्रममा अनेकौँ अनुभव र अनुभूतिसँग पौँठेजोरी खेलिन्छ र धेरै कुरा सिकिन्छ, उहाँले भन्नुभयो,” त्यसैले यात्रा एउटा पाठशाला हो र यात्राले धेरै कुरा सिकाएर व्यवहारिक र अनुभवि बनाँउछ ।
    उक्त कृतिमा ग्रामणि भेगमा रहेका  पर्यटकीय सम्भावना बोकेका स्थानहरुको वस्तुगत विश्लेषण गरिएको छ भने संस्कार संस्कृतिको समेत उजागर गरिएको छ ।  प्राचीनता, ऐतिहासिकता र नवीन स्थानीय पहिचान दिने विशेषता बोध गर्दै गन्तव्य, स्थानीय प्रतिको श्रद्वाभाव यस कृतिको प्रत्येक यात्रामा खोजिएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ