आइतबार, मंसिर ९ गते २०८१

निजी प्रयोगशालाहरुले सरकारकोे निर्देशन नमान्ने , पीसीआर टेष्टको ३८९९ रुपैयाँ लिने घोषणा

निजी प्रयोगशालाहरुले सरकारकोे निर्देशन नमान्ने , पीसीआर टेष्टको ३८९९ रुपैयाँ लिने घोषणा

अखबार दैनिक
सोमबार, असोज १२ २०७७
  • निजी प्रयोगशालाहरुले सरकारकोे निर्देशन नमान्ने , पीसीआर टेष्टको ३८९९ रुपैयाँ लिने घोषणा

    १२ असोज, काठमाडौं । कोरोना परीक्षणमा चर्को शूल्क असुल्दै आएका निजी प्रयोगशालाहरुले सरकारकोे निर्देशन नमान्ने बताएका छन् । ८ वटा ल्याबले संयुक्त वक्तव्य नै जारी गर्दै आरटी–पीसीआर टेष्टको शूल्क ३८९९ रुपैयाँ लिने बताएका हुन् ।

    images

    सरकारले पीसीआर टेष्टको शूल्क २ हजार तोकेको छ । तर निजी प्रयोगशलाहरुले चर्को शूल्क लिइरहेको पाएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको शूल्क मात्र लिन भनेको थियो ।

    तर स्टार, ह्याम्स, बीएण्डबी, मेडिसिटी, डिकोड, सौर्य, सेन्ट्रल डायगनोस्टिक र इन्ट्राप्रिड प्रयोगशालाले संयुक्त वव्यक्त जारी गर्दै ३८९९ रुपैयाँ शूल्क लिने बताएका छन् । विश्व श्वास्थ्य संगठनको मापदण्ड बमोजिम यो शूल्क यथार्थपरक रहेको उमेत उनीहरुले दाबी गरेका छन् ।

    स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षण शूल्क निर्धारण गर्दा न्यायोचित दररेटमा गर्नुपर्ने निजी ल्याबहरुको माग छ ।

    प्रेश विज्ञप्ती हेर्नुहोस

    7CB23D0B-2F1C-4568-8467-FE7C937E013C.jpeg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ