बिहीबार , असोज ३ गते २०८१

दक्षिणी पर्वत कालापानी होइन, सम्भावनाको खानी होः मन्त्री लम्साल

दक्षिणी पर्वत कालापानी होइन, सम्भावनाको खानी होः मन्त्री लम्साल

अखबार दैनिक
शनिबार, असोज १० २०७७
  • दक्षिणी पर्वत कालापानी होइन, सम्भावनाको खानी होः मन्त्री लम्साल

    पर्वत – पर्वतको दक्षिणी क्षेत्रका पुराना जनप्रतिनिधि, भूपू सैनिकका नेता रामबहादुर थापाको बाह्रौं पुण्यतिथिमा आज शोक सभा सम्पन्न भएकोे छ । दिवंगत नेता थापाप्रति श्रद्धाञ्जलि अर्पण गर्न र शोककुल परिवारजनमा समवेदना दिन गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल आज उनको निवासमै पुगेका थिए ।
    दिवंगत नेता थापाको निवासमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै मन्त्री लम्सालले भने– “दिवंगत नेता रामबहादुर थापा पर्वतको दक्षिणी क्षेत्रको एक असल, इन्मान्दार र निष्ठावन जनप्रतिनिधि मात्र होइन आम जनताका लागि उदाहरणीय पात्र समेत हुनुहुन्थ्यो । उहाँको निधनले यस क्षेत्रको पार्टी पंक्तिलाई अपुरणीय क्षति पुगेको छ ।” दिवंगत नेता थापाप्रति आफ्नो राजनीतिक मात्रै नभई भावानात्मक सम्बन्ध समेत भएको बताउँदै मन्त्री लम्सालले भने– “यस क्षेत्रका बाटाघाटा, पुल, पुलेसा लगायतका विकास निर्माणमा उहाँले मलाई निरन्तर घच्घचाई रहनुहुन्थ्यो ।”
    नेकपा पैँयू गाउँपालिका कमिटीका अध्यक्ष चाेकलाल न्याैपानेकाे अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा नेकपाका नेता मित्रलाल बस्याल,जिल्ला समन्वय समितिका उपप्रमुख याम कुमारी राना,गाउँपालिका अध्यक्ष खगेन्द्र प्रसाद तिवारी,जिल्ला कमिटी सदस्य रेशमलाल न्याैपाने,वडाध्यक्ष महेन्द्र श्रेष्ठ,वडाध्यक्ष उमाकान्त भुर्तेल, मृतक थापाका साईला छाेरा मन बहादुर थापा मगर लगाएतले मृतक थापा प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

    images

    आफ्ना सहपाठीको शोकमा पर्वतको दक्षिणी क्षेत्र हुवासमा पुगेका मन्त्री लम्सालले पैँयू गाउँ पालिकाका नगरिक सँग अन्तरक्रिया तथा साक्षत्कार समेत गरे । साेही क्रममा उनले हिजो एकात्मक राज्य प्रणालीमा सदरमुकामसँगको दुरी र पूर्वाधार विकासका हिसाबले कालापानीको रुपमा चित्रित गराउन खोजे पनि अपार सम्भावनाको खानी रहेको यस क्षेत्रलाई “पर्वतको कालापानी होइन, सम्भावनाको खानी” को रुपमा चित्रित गराई छाड्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । यस क्षेत्रमा बग्ने खोला, खोल्साको पानीमा आफ्नो रगत र पसिना समेत मिसिएको बताउँदै मन्त्री लम्सालले मलाई मन्त्री बनाउन यो भुगोल र यहाँका जनताले जसरी निरन्तर सहयोग गरे आफु पनि यो भूगोललाई “कालापानी” को ट्यागबाट हटाउन त्यसरी नै लागिरहेको बताएका थिए । आफू मन्त्री भइसकेपछि प्रदेश सरकारको पहिलो वर्षकै बजेटमा एक निर्वाचन क्षेत्र एक सडक अन्तर्गत छनौट भएको चिसापानी हुवास देखि वहाकी भञ्ज्याङससम्म यदि कोरोना भाइरसको महामारी नभएको भए अहिलेसम्म कालोपत्रे भइसक्ने बताउँदै मन्त्री लम्सालले प्रदेशको राजधानी र जिल्लाको सदरमुकामबाट सिधै कालोपत्रे सडकबाट जोडेर यस क्षेत्रलाई “ट्रान्जिट प्वाइन्ट” आफ्नै कार्यकालमा बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । यस सडक खण्डमा रहेका अँधेरी खोला र डुँडखोलामा पक्की मोटरेवल पुल बन्दै छ ।
    यसका साथै कुश्मादेखि फलेवास खण्डको बाँकी क्षेत्र, लमायखोलादेखि लुंखु र लुंखुदेखि हुवाससम्मको सडक कालोपत्रेका लागि गतसालदेखि नै काम अगाडि बढिरहेको छ । यो सडक खण्डमा रहेका गेडी खोला र सेती खोलामा पक्की मोटरेवल पुल यसै वर्ष बन्दैछन् ।
    त्यसैगरी कालीगण्डकी करीडोर अन्तर्गत सेतीवेणी अर्मादी सडक खण्डको सेतीवेणी देखि रानीपानीको कुमालगाँउँ सम्म ७ कि.मी. सडक कालोपत्रे हुँदै गरेको छ । रानीपानी देखि मोदीवेणीसम्मको सडक खण्ड कालेपत्रे गर्नाक लागि पनि प्रयास भइरहेको छ । सेतीखोला पुल हुदै टकलाक सम्म पुग्ने सडक कालोपत्रे गर्न डिपिआर तयार हुदैछ । काँहु, सिरवाने हुदै वालाकोट र ठूली भञ्ज्याङ–चौपारी–भोर्ले हुदै हुवास सडकको स्तरोन्नती गर्नका लागि बजेट विनियोजन गरेका छौं । त्यति मात्र होइन खोला, खोलाखोल्सामा दर्जनौं झोलुङ्गे पुलहरु बनिरहेका छन् । यी सबै पूर्वाधार निर्माण भसकेपछि पर्वत दक्षिणी भेगलाई कसैले पनि कालापानी भन्न नसक्ने मन्त्री लम्सालले बताएका थिए ।
    यसका साथै पैँयूकोटलाई नवलपुरको मौलाकालिकाको मोडेलमा विकास गर्न खोजेको बताउँदै मन्त्री लम्सालले पैयूँकोटको विकासका लागि यसैवर्ष ४० लाख विनियोजन गरिएको र डिपिआर बमोजिमको काम गर्न बजेटले अभाव हुन नदिने प्रतिबद्धता समेत मन्त्री लम्सालले गरेका थिए । त्यसैगरी यस क्षेत्रका सिर्सिकोट, लुङरिङकोट, भुर्तेलथोकको छहरा झरना, नेपालडाँडामा प्याराग्याइडिङ संचालन जस्ता कामका लागि पनि आफू लागि परिरहेको मन्त्री लम्सालले बताएका थिए ।
    जनताको आर्थिक समृद्धि बिना समग्र विकास हुन नसक्ने र हाम्रो आर्थिक समृद्धिको मूल आधार कृषि नै भएकोले पैँयू गाउँपालिकाका दर्जनौं व्यवसाकि कृषि तथा पशुपालन फर्महरुलाई अनुदान वितरण गरिएको र आगामी दिनमा पनि कृषि उत्पादनको वृद्धि हुने कामका लागि अनुदान प्रदान गर्ने कार्यक्रम रहेको बताएका थिए । यसका साथै नापी र मालपोत कार्यालय यसै वर्ष यस पालिकामा स्थापना गर्नकाा लागि आफू लागि पर्ने बताएको थिए । मानिसका न्यूनतम आवश्यकताहरु एम्बुलेन्स, दमकल, कम्तिमा १५ शैयाका अस्पताल, शहरीकरणका लागि फोहोर व्यवस्थापन, सफा तथा सुरक्षित खानेपानी, सिंचाई, उद्योगको विकासका लागि औद्योगिक ग्रामको स्थापना, खेलकूदको विकासका लागि खेल मैदान तथा कभर्ड हल निर्माण लगायत काम गरेर यस क्षेत्रको समग्र विकासका लागि आफू लागि पर्ने बताएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ