बिहीबार , वैशाख २७ गते २०८१

उपत्यकामा मात्र ७२४ संक्रमित, आज संक्रमितको संख्या एक हजार २०७

उपत्यकामा मात्र ७२४ संक्रमित, आज संक्रमितको संख्या एक हजार २०७

अखबार दैनिक
शनिबार, असोज १० २०७७
  • उपत्यकामा मात्र ७२४ संक्रमित, आज संक्रमितको संख्या एक हजार २०७

    १० असोज, काठमाण्डौं । शनिबार देशभरमा एक हजार २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ । जसमध्ये सक्रिय संक्रमित १८ हजार ३४१ जना छन् ।

    images

    यसैगरी गत २४ घण्टामा कोभिड १९ संक्रमण निको हुनेको संख्या एक हजार १४७ जना रहेको छ । अहिलेसम्म देशभरमा कुल ५३ हजार १३ जनाले संक्रमण जितिसकेका छन् । यो कुल संक्रमितको ७३ प्रतिशत हो ।

    हाल देशमा क्वारेन्टिनमा ६ हजार ३३१ जना छन् ।

    गत एक दिनमा नेपालमा थप ६ जनाको कोभिड १९ संक्रमणका कारण निधन भएको छ । योसँगै संक्रमणका कारण निधन हुनेको कुल संख्या ४६७ पुगेको छ ।

    काठमाडौं उपत्यकामा मात्र ७२४ संक्रमित थपिएका छन् । त्यसमध्ये सबै भन्दा धेरै काठमाडौंमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ जना छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ