बिहीबार , वैशाख २७ गते २०८१

छ्याङदी हाइड्रोपावरको बोनस शेयर र एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर नेप्सेमा सूचीकृत

छ्याङदी हाइड्रोपावरको बोनस शेयर र एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर नेप्सेमा सूचीकृत

अखबार दैनिक
शुक्रबार, असोज ९ २०७७
  • छ्याङदी हाइड्रोपावरको बोनस शेयर र एनएलजी इन्स्योरेन्सको हकप्रद  शेयर नेप्सेमा सूचीकृत

    ९ असोज,काठमाण्डौं । एनएलजी इन्स्योरेन्स (NLG) को हकप्रद शेयर र छ्याङदी हाइड्रोपावरको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

    images

    इन्स्योरेन्स ३८ लाख ४२ हजार ४३७.५० कित्ता शेयर हकप्रद शेयर र छ्याङदी हाइड्रोपावरको एक लाख ३५ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

    इन्स्योरेन्सले शेयरधनीहरुलाई निष्काशन गरेको ६० प्रतिशत अर्थात ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको छ ।

    ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँ रहेको इन्स्योरेन्सको चुक्ता पूँजी हकप्रद निष्काशनपछि १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँ पुगेको छ ।

    यस्तै छ्याङदी हाइड्रोपावर (CHL) को एक लाख ३५ हजार बोनस कित्ता पनि नेप्सेका सूचीकृत भएको छ । ककम्पनीले शेयरधनीलाई वितरण गरेको ५ प्रतिशत अर्थात सो बराबरको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । 

    इन्स्योरेन्सको हकप्रद र छ्याङदी हाइड्रोपावर बोनस शेयर शेयरधनीको खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ