शनिबार, जेठ ५ गते २०८१

ढोरपाटनका बाढि पहिरो पीडितलाई पहिलो पाईला नेपाललको आर्थिक सहयोग

ढोरपाटनका बाढि पहिरो पीडितलाई पहिलो पाईला नेपाललको आर्थिक सहयोग

अखबार दैनिक
मंगलबार, असोज ६ २०७७
  • ढोरपाटनका बाढि पहिरो पीडितलाई पहिलो पाईला नेपाललको आर्थिक सहयोग


    पोखरा
    बागलुङ ढोरपाटन नगरपालिकाका बाढि पहिरो पीडितलाई पहिलो पाईला नेपालले आर्थिक सहयोग प्रदान गरेको छ । पहिलो पाईला नेपाल पोखरा र स्याङजा शाखाले पीडितलाई घरमै पुगी २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
    भदौ १७ गते बुधवार राति ढोरपाटन नगरपालिका–९ पल्ललेघर हुँदै आएको पहिरो र बाढिका कारण समस्यामा परेका परिवार, घर क्षति भएका परिवार र वस्तीनै सार्नुपर्ने ३७ जना परिवारलाई जनही ५ हजारका दरले रकम वितरण गरेको पहिलो पाईला नेपाल पोखरा शाखाका अध्यक्ष सन्दिप सापकोटाले जानकारी दिनुभयो ।
    उक्त संस्थाले ३७ जना परिवारलाई जनही ५ हजार रुपैयाँ वितरण गरेको छ भने नगरपालिका विपद व्यवस्थापन कोषमा १५ हजार सहयोग गरेकोे छ । उक्त रकम वडा अध्यक्ष हरिवहादुर घर्ती मगर र स्थानीय समाजसेवीको रोहवरमा पीडितलाई हस्तानत्रण गरिएको अध्यक्ष सापकोटाले बताउनु भयो । उहाँका अनुसार पहिलो पाईला नेपालले बाढी पिडीतहरुलाई सहयोग गर्न विभिन्न संघ संस्थाहरुलाई आग्रह समेत गरेको थियो । आग्रह अनुसार विभिन्न संघ संस्था तथा प्रवासी नेपालीहरुले बाढि पहिरो पीडितलाई सहयोग गर्न पहिलो पाईला नेपाललाई सहयोग रकम समेत प्रदान गरेका थिए । अध्यक्ष सापकोटाले बाढि पहिरो पीडितलाई सहयोग गर्न सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद दिनुभएको छ । 

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार