बिहीबार , असोज ३ गते २०८१

आधिकारीक ट्रेड युनियनको निर्वाचन रोक्ने मन्त्रिपरिषद्को निर्णय

आधिकारीक ट्रेड युनियनको निर्वाचन रोक्ने मन्त्रिपरिषद्को निर्णय

अखबार दैनिक
मंगलबार, असोज ६ २०७७
  • आधिकारीक ट्रेड युनियनको निर्वाचन रोक्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं, ६ असोज । आज (मंगलबार) मन्त्रिपरिषद्को नियमित बैठक बसेको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बसेको बैठकले निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियनको आसन्न निर्वाचन स्थगन गर्ने निर्णय गरेको छ ।

    images

    कोरोना महामारीमा चुनाव गर्न उपयुक्त नभएको भन्दै यही असोज २४ का लागि तय भएको निर्वाचन उचित समयमा मिति तोक्ने गरी हालका लागि स्थगित गरेकाे हाे ।

    साथै आजकाे बैठकले ‘हिमचितुवा’ का नामले परिचित किर्तीमानी आरोही आङरिता शेर्पाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको सम्पूर्ण उपचार खर्च राज्यले ब्यर्होने र शर्पाको नाम चिरस्थायी बनाउन राज्यले पहल गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

    विना अक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्वकीर्तिमान कायम राख्न सफल शेर्पाकाे साेमबार निधन भएको हाे ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ