सोमबार, जेठ ७ गते २०८१

सानिमा जनरललाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

सानिमा जनरललाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

अखबार दैनिक
सोमबार, असोज ५ २०७७
  • सानिमा जनरललाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

     ५ असोज, काठमाण्डौं । सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाटअनुमति पाएको छ । बोर्डबाट कम्पनीले सोमबार आईपीओ निष्काशन गर्न अनुमति पाएको हो ।

    images

    कम्पनीले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको हो । आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब पुग्नेछ ।

    कम्पनीले निश्काषन गर्न लागेको उक्त आईपीओलाई केयर रेटिङ्ग नेपालले 'केयर एनपी वीवी प्लस' रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्गले कम्पनीको वित्तीय अवस्था मध्यम रहेको जनाउँछ।

    कम्पनीको आईपीओ एनआईसी एशिया क्यापिटलले निष्काशन गर्नेछ ।

    सानिमा जनरल इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने प्रस्ताव गत माघ २४ गते सम्पन्न साधारण सभाले पारित गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार