बिहीबार , असोज ३ गते २०८१

नेपालको संविधानले समावेशी लोकतन्त्रलाई प्रत्याभूत गरेको छः प्रदेश प्रमुख शेरचन

नेपालको संविधानले समावेशी लोकतन्त्रलाई प्रत्याभूत गरेको छः प्रदेश प्रमुख शेरचन

अखबार दैनिक
शनिबार, असोज ३ २०७७
  • नेपालको संविधानले समावेशी लोकतन्त्रलाई प्रत्याभूत गरेको छः प्रदेश प्रमुख शेरचन

    पोखरा
    गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्दै मानवअधिकार, प्रेस स्वतन्त्रता र समावेशी लोकतन्त्रलाई प्रत्याभूत गरेको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले तीन तहका सरकारहरू सञ्चालनमा आएसँगै त्यस अनुरुप संरचनाहरू संस्थागत र सुदृढ हुँदै गएको समेत उल्लेख गर्नुभयो ।
    संविधानले सुनिश्चित गरेको सामाजिक न्यायसहितको समतामूलक समाजको परिकल्पना बमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको दिशामा मुलुक अगाडि बढिरहेको उहाँको भनाई छ ।
    शेरचनले जनतालाई राजनैतिक परिवर्तनको महसुस हुने गरी संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न आ–आफ्नो तर्फबाट इमान्दार र प्रभावकारी कार्यान्वयनका लागिका लागि समेत आह्वान गर्नुभएको छ । उहाँले सबैमा सःुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, सहकार्य एवम् आपसी सद्भाव कायम हुन सकोस् भन्ने कामना समेत व्यक्त गर्नुभएको छ ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ