बिहीबार , असोज ३ गते २०८१

प्याजमा मनपरी, कारोबारमा कैफियत देखिएपछि पसल शिल

प्याजमा मनपरी, कारोबारमा कैफियत देखिएपछि पसल शिल

अखबार दैनिक
शनिबार, असोज ३ २०७७
  • प्याजमा मनपरी, कारोबारमा कैफियत देखिएपछि पसल शिल


    पोखरा
    मूल्यमा मनपरी गरेको भेटेपछि पोखराको शान्तिवनस्थित तरकारी बजारको सटर नम्बर ५० र ५१ अनुगमन टोलीले पसल बन्द गराएको छ । एकजना खुद्रा व्यापारीले दुवै सटरमा सञ्चालन गरेको तरकारी पसलको कारोबारमा कैफियत देखिएपछि प्रदेश अनुगमन समितिले शिल गरेको हो ।
    बजार अनुगमन गर्दा मूल्य बढेको भन्दै ४० रुपैयाँमा किनेको पुरानै स्टक प्याजलाई १ सय ११ रुपैयाँमा बेचेका पाईएपछि पसल शिल गरी कानुन कार्बाही अगाडी बढाईएको बजार अनुगमन समितिका संयोजक एवम् उद्योग,वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख गोकुल शर्मा पौडेलले जानकारी दिनुभयो । उक्त पसलको ५ सय बोरा प्याज गोदाममै थन्काएर कारोबार रोक्का गरिएको छ ।  प्याज खरिद मूल्यका सबै बिल अध्ययन गरिने र त्यसपछि मात्रै पुनः व्यापार सञ्चालन गर्न दिइने संयोजक पौडेलले जानकारी दिनुभयो । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि व्यापारीले मनपरी गर्न थालेका छन् ।
     प्याजको भाउ महँगो भएर आउँदा बिक्री मूल्य बढाउनु स्वाभाविक भए पनि पुरानै स्टक बाँकी रहँदारहँदै व्यापारीले आफै मनपरी गरिरहेको अनुगमन समितिको भनाई छ । बजार अनुगमनका क्रममा कृत्रिम अभाव सिर्जना गर्न गोदाम बन्द गरेको पाइएको अनुगमन समितिका सदस्य कपिलनाथ कोइरालाले बताउनुभयो ।
    प्रदेश उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, उपभोक्ता मञ्च, गुणस्तर तथा नापतौल डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिको टोलीले बजार अनुगमन गरिहेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ