बिहीबार , असोज ३ गते २०८१

राहात बोकेर पिडितकै घर पुगे मन्त्री लम्साल,असुरक्षित वस्ती तत्काल स्थानान्तरण गरिने

राहात बोकेर पिडितकै घर पुगे मन्त्री लम्साल,असुरक्षित वस्ती तत्काल स्थानान्तरण गरिने

अखबार दैनिक
मंगलबार, भदौ ३० २०७७
  • राहात बोकेर पिडितकै घर पुगे मन्त्री लम्साल,असुरक्षित वस्ती तत्काल स्थानान्तरण गरिने

    पर्वत – गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले भदौ २८ गते राती परेको अविरल वर्षासँगै आएको पहिरोमा परी ज्यान गुमाएकी फलेवास नगरपालिका वडा नंं ४ की तीन वर्षिय बालिका निकिता वि.व. को घरमै पुगेर राहात स्वरुप २ लाख पचास हजार रुपैयाँ मृतक बालिकाका बाबु नविन वि.क., लाई हस्तान्तरण गरेका छन् ।
    फलेवास नगरपालिका वडा नं. ४ को सिर्सुवा भन्ने ठाउँमा भदौं २८ गते राती भिषण वर्षा हुँदा नविन वि.क., उनकी श्रीमती र दुई जना छोराछोरी मस्त निद्रामा थिए । सो रात करिब २ बजेबाट फलेवास लगायत आसपासको क्षेत्रमा भिषण वर्षा भएको थियो । नविन भन्छन्– “घरको आडमा रहेको खोल्सो बेस्सरी सुसाएपछि रातको ४ बजेतिर निद्रा खुल्यो र घर बाहिर निस्केर हेर्दा खोल्सोमा आएको निकै ठूलो बाढि घरभित्रै पस्न लागेको देखें र श्रीमती र छोरा छोरीलाई उठाएर नानी बाबुलाई काखी च्यापेर सुरक्षित ठाउँतिर भाग्न खोजें । भाग्ने क्रममा छोरी निकितालाई म आफैले हात समातेर ल्याएको थिएँ, भेलबाढीसँगै माथिबाट आएको ढुंगाले हातमा लागेकोले हातबाट छोरी फुत्किइन र उनलाई बाढिले बगाएर लग्यो ।” उनीकी श्रीमतीलाई पनि बाढिले बगाएर केही तल पु¥याएको थियो । तर उनी सकुशल उम्कन सकेकोले ज्यान जोगाउन सफल भइन । तर छोरी भने भोलीपल्ट घरदेखि करिब २ सय मिटर तल खोल्सोमा मृत अवस्थामा भेटिएकी थिइन ।

    images


    पिडित परिवारलाई राहात वितरण गर्दै मन्त्री लम्सालले बाढिले बगाएर ज्यान गुमाएकी बालिकाप्रति श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका थिए । राहात वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लम्सालले प्रदेश सरकार यहाँहरुसँगै भएकोले नआत्तिन शोकाकुल परिवारलाई आग्रह गरेका थिए । सम्बोधनकै क्रममा उनले भने– “अहिले हामीले तत्कालीन राहात लिएर यहाँहरु समक्ष आएका छौं, बाढिले भत्काएर बस्नै नसकिने भएका घरहरुको पूननिर्माणका लागि पनि सरकारले यहाँहरुलाई सहयोग गर्छ । उनले भने– “म पोखरा फर्केपछि भूगर्भविद्हरुलाई अध्ययनका लागि पठाउँछु र उनीहरुको प्रतिवेदनका आधारमा बाढिका कारण भत्केका र बस्न नमिल्ने अवस्थामा पुगेका घरहरुको पूननिर्माण सरकारले नै गर्छ ।”
    एक फरक प्रसंगमा मन्त्री लम्साले भने– “दैवी विपत्तीलाई कसैले पनि टारेर टार्न सकिंदैन र यो बाजा बजाएर पनि आउँदैन तर पछिल्लो समय हामीले गरेका विकास निर्माणका काम वातावरण मैत्री बन्न नसक्दा थप विपत्ती निम्ताउने खालका भएका छन्, दीगो विकासका लागि यस्ता कामलाई व्यवस्थित गर्नैपर्छ ।” उक्त कार्यक्रक्रममा बोल्दै फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले पिडित परिवारलाई नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्न आफूहरु तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए । त्यसैगरी उक्त कार्यक्रममा फलेवास नगरपालिकाका उपमेयर मञ्जु अधिकारी, प्रमुख जिल्ला अधिकारी शम्भुराज रेग्मी र फलेवास नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष टीकाराम गौंडेलले समेत मृतक बालिकाप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवार जनमा समवेदना व्यक्त गरेका थिए । दैवी प्रकोपमा परी मृत्युवरण गरेका प्रति व्यक्तिको परिवारलाई संघीय सरकारले दुई लाख र प्रदेश सरकारले ५० हजार दिने व्यवस्था गरेको छ । तर दैवी प्रकोपमा परी एकै परिवारका एकभन्दा बढि व्यक्तिको मृत्यु भएमा थप व्यक्तिलाई एक लाखका दरले तत्कालै राहात दिने व्यवस्था रहेको छ । सोही कार्यक्रममा गत जेष्ठ ३० गते दुर्लुङको पहिरोमा परी ज्यान गुमाएका जेनिश वि.क.का बुबा विकास वि.क.लाई पनि राहात स्वरुप पचास हजार वितरण गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ